२०८२ श्रावण ७ मंगलवार
२०८२ श्रावण ७ मंगलवार

आकस्मिक कक्षमै चिकित्सकमाथि अभद्र व्यवहार, मलंगवा अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प

काठमाडौं – प्रादेशिक अस्पताल मलंगवामा आकस्मिकबाहेक सबै सेवा  ठप्प पारिएको छ। हिजो राती सोमबार ८ बजे अस्पतालको इर्मेजेन्सी वार्डमा कार्यरत वरिष्ठ चिकित्सक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.कृष्ण जंग शाहमाथि अभद्र व्यवहार भएको थियो। 

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई छानबिन तथा कार्वाही नभएसम्मका लागि भन्दै ओपिडी सेवा बन्द गरिएको जानकारी अस्पतालले दिएको छ। अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णयले बिरामीमा परेको असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ। 

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्की स्वास्थ्यकर्मी सुरक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयनमा ढिलाई भएको बताउँछन्। ऐन कार्यान्वयमा राज्य चुकेका कारण दिनहुँ जसो स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुने गरेको उनको धारणा छ। 

वीर अस्पतालबाट केही समय अगाडि मात्रै दुर्गममा सेवा दिने लक्ष्यका साथ मलंगवा अस्पताल पुगेका वरिष्ठ चिकित्सक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.कृष्ण जंग शाहमाथि अभद्र व्यवहार गर्नेमाथि नि:सर्त कारवाही गर्नुपर्नेमा उनी जोड दिन्छन्। 

‘राजनीतिक संरक्षण, गुण्डागर्दी तथा लेनदेनको आडमा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुनु ज्यादै दुखद छ’, डा कार्कीले भने , ‘पछिल्लो समय आएका नयाँ नयाँ कानुन तथा अदालतका फैसलाले यस्ता घटनालाई अझै बढावा दिएको छ’,‘यस्ता घटना कम गराउनका  लागि स्थानीय निकाय,गृह मन्त्रालय,स्वास्थ्य मन्त्रालय लगायतका निकायहरु संवेदनशील हुनु पर्छ।’  

आधारभुत स्वास्थ्य तथा विशिष्टीकृत सेवालाई सबैको पहुँचमा पुर्याउनका लागि स्वास्थ्यकर्मीमाथि हुने यस्ता व्यवहार पूर्णरुपमा हट्नुपर्ने उनको जिकिर छ। पिडित पक्ष नै बिरामीका मान्छेहरु भन्ने भाष्य निर्माण गरिनु एकदमै गलत भएको उनको धारणा छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट