३० डिसेम्बर २०२०/ काठमाडौँ | बैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) बाट शुक्रबारदेखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने भएका हुन् ।
यसरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य १७ पुस अर्थात (सन् २०२१ जनवरी ०१) बाट सुचारु हुने बैदेशिक रोजगार विभागले जनाएको छ | विभागका अनुसार एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् |
त्यस्तै अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को *अनलाइन श्रम स्वीकृति (FEIMS)’ मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।
श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं र आवेदन गर्दाको User Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ | त्यस्तै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको Username र Password सुरक्षित राख्नुपर्नेछ ।
श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन ।
त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ |
श्रम बनाउन के के डकुमेन्ट चाहिन्छ त ??
अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् ।
१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि
२. राहदानीको प्रतिलिपि
३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा
४. रोजगार करारपत्र
५. जीवन बिमा
६. कल्याणकारी कोषमा रकम भुक्तानी
श्रोत:- sajhasabal.com.
२६ डिसेम्बर २०२०/ लिमासोल
आसा ग्रुप प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियो “सुरुवात ” सार्वजनिक भएको छ। युट्युब मा सार्वजनिक भएको सो म्युजिक भिडियोको सुटिंग साइप्रस मै भएको हो।
सरिता लिङ्देनको शब्द रचनालाई गायिका कविता नाछिरिङ राई ले सुमधुर स्वर दिएकि छन्। बादल लिम्बूले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ।
सरिता लिङ्देन र नरेश लिम्बू को निर्देशन मा आरोशी थापा र दिपेश मगरले अभिनय गरेका छन् जसलाई आना होन्छेन ले छायांकन गरेकी हुन्।
भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन्।
प्रवासमा रहेर फुर्सदको समयलाई सदुपयोग गर्दै यो म्युजिक भिडियो बनेको हो। आसा प्रोडक्सनले
युरोप , साईप्रस
बहु चर्चित पोल्यान्डमा उपचारका लागि संघर्षरत सानी नानी सियोना श्रेष्ठलाई तमु समाज साईप्रसले आर्थिक सहयोग गरेको छ । समाजकी अध्यक्ष धना गुरुगंले केही महिना पहिला नै साईप्रसमा रहेकाहरुलाई सियोन श्रैष्ठलाई आर्थिक सहयोग गर्न अपिल गरे पश्चाप्त साईप्रसमा रहेका गुरुगं समुदायले मात्रै ६० हजार भन्दा बढि आर्थिक सहयोग गरेको जानकारी दिनुभएको छ ।
तमु समाजले नेपालमा रहेका गरिब , दुखिहरुलाई सहयोग गर्ने भावनाले सानो बच्चाको उपचारमा केही कमि नहोस भनी सानो सहयोग गरिएको समाजकी प्रतिनिधी प्रिया गुरुगले बताईन । गुरुगंले साईप्रसमा केही दिन पहिला आत्महत्या गरेका नेपाली विद्यार्थीको शवलाई सतगत गर्नका लागि पनि सबै नेपालीहरुको साझा सस्था गैरआवासीय नेपाली सघं साईप्रस मार्फत आर्थिक सहयोग गरिएको र अगामी दिनमा पनि सहयोग गरिने अध्यक्ष धनाले प्रतिबद्धता साईप्रस नेपाल डटकमलाई जनाएकी छिन ।
समाजकी अध्यक्ष धनाले तमु समाज संस्था बाट एक सय युरो ,नैना गुरुङ्ग ,कृष्णा गुरुङ्ग धना गुरुङ्ग , प्रिया गुरुङ्ग , यनित्रा गुरुङ्ग , मिना गुरुङ्ग , रिना गुरुङ्ग ,सुनिता गुरुङ्ग ,लक्ष्मी गुरुङ्ग , लक्ष्मी गुरुङ्ग , सिम्रन गुरुङ्ग , नानू गुरुङ्ग , युना गुरुङ्ग , सुस्मा गुरुङ्ग , तिर्सना गुरुङ्ग , राज कुमारी तामाङ्ग , सुनिता पाते गुरुङ्ग , अनिता गुरुङ्ग , सब्य गुरुङ्ग , सन्चारीका गुरुङ , अनिताको बहिनी , यनी गुरुङ्ग अन्जना गुरुङ्ग , निकी गुरुङ्ग , पुर्णिामा गोम्जा तामाङ्ग , जमुना गुरुङ्ग , चिजा गुरुङ्ग , उमा गुरुङ्ग , रुबी गुरुङ्ग लगाएतले सहयोग गर्नु भएको जानकारी दिएकी छिन ।
निकोसिया , साईप्रस
तामाङ जातिको उत्थान भाषा,धर्म,संस्कृतिको सम्बर्द्धन भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसको चौथो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन फेसबुक म्यसेन्जर माध्यमबाट सल्लाहकार तथा सदस्यहरु थप गरेको छ ।
घेदुङ साईप्रस लक्ष्मी ब्लोन तामाङ ज्यूको अध्यक्षतामा भएको फेसबुक म्यसेन्जर मार्फत थप गरिएको सल्लाहकारमा निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार साङमो थोकर तामाङ ,सल्लाहकार,संरक्षक तथा संस्थापक अध्यक्ष नानू गोम्जा तामाङ सीता तामाङ सल्लाहकार,संस्थापक महासचिव . माया लोप्चन तामाङ ,र सल्लाहकारमा शर्मिला लोप्चन तामाङ , सविता घिसिङ , ज्ञानु तामाङलाई थप गरिएको सचिव मिना लामाले आफनो फेसबुक स्टेटसमा उल्लेख गर्नुभएको छ । ।
भने थप सदस्यहरुमा नयाँ सदस्यहरु निरा दोङ तामाङ , बिना वाईबा तामाङ , नाम्की लामु तामाङ, माया लोप्चन तामाङ , निशा थिङ तामाङलाई गरिएको सचिव लामाले जानकारी दिनुभएको छ ।
काठमाडौं । अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सेवाग्राहीले केही दिन कुर्नुपर्ने भएकाे छ । बुधबारदेखि याे व्यवस्था सुरू गर्ने भनिए पनि प्राविधिक तयारी पुरा नभएकाले थप केही दिन लाग्ने भएकाे हाे ।
वैदेशिक रोजगार विभागले दिएकाे जानकारी अनुसार एक हप्ताभित्र प्रविधिक काम सकेर विश्वको जुनसकै कुनाबाट अनलाइनबाटै श्रम स्विकृती लिनपाउने व्यवस्था मिलाइनेछ ।
याे व्यवस्था सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण गर्न सक्नेछन् । यसले श्रम स्वीकृतिको नवीकरण गर्न नेपाल आउनुपर्ने झन्झट हट्नेछ ।
यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनलाइन भुक्तानी सेवाहरु आईएमई पे, ई-सेवामार्फत तिर्नु पर्नेछ । साथै श्रमिकहरुले बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम समेत तिनै भुक्तानी सेवाबाट तिर्न सक्नेछन् ।
शूल्क भुक्तानी गरेपछि श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरण भएको सन्देश आउनेछ । भिसा अवधि थपेर विदेशमा बस्न चाहनेहरु यो अनलाइन सेवा मार्फत लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
श्रोत:टेक पाना
२० डिसेम्बर २०२०/ लिमासोल
कोरोना को खोप भण्डारण गर्न आवश्यक पर्ने फ्रीजर साइप्रस आइपुगेको छ। पानी जहाज बाट शनिवार बिहान आइपुगेको डिप फ्रेजर जापानमा बनेको हो। कोरोनाभाइरस विरुद्द प्रयोग हुने बायोटेक/ फ़ाइजर भण्डारण गर्न अत्याधिक कम माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने हुनाले यी विशेष किसिमका फ्रिजर खरिद गरिएको हो। एक फ्रिजर को मूल्य करिब पन्ध्र हजार युरो रहेको स्थानीय मिडियाहरुले बताएका छन्।
भ्याक्सिनहरु सबै सेन्टरपोइन्ट मा राखिने र त्यहिँ बाट देश भरिका खोप केन्द्रमा वितरण हुने औसधी फ़ार्मासुटिकल सर्भिसका प्रमुख कोस्तास हिमोनसले बताए। उहाँका अनुसार फ्रिजरमा एक लाख तिस हजार भ्याक्सिन स्टोर गर्न सक्ने क्षमता रहेको छ। “फ्रिजरहरु सबै निर्धारित सुरक्षा प्रणालीहरु अनुसार बनेका छन् ” उनले थपे।
डिसेम्बर २७ तारिखमा अन्य युरोपियन मुलुक संगै साइप्रसले पनि कोरोना खोप को पहिलो ब्याच प्राप्त गर्ने स्वास्थ्य मंत्री कोंस्तान्तिनुस आयन्नु केहि दिन अघि नै बताईसक्नु भएको छ।
मन्त्रालयका ट्रेनिंग प्राप्त स्टाफहरु मात्र खोप केन्द्र का इन्चार्ज रहने छन्। सबै जिल्लाका ३८ खोप केन्द्र लाई वृद्धि गरि एक सय सम्म पुर्याउने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशमा पहिलो भ्याक्सिन राष्ट्रपति निकोस अनास्ट्सियादेशलाई लगाइने बताइएको छ।
१९ डिसेम्बर २०२०/ लिमासोल
गत महिना आत्महत्या गरेका अन्नपूर्ण गाउँपालिका वार्ड २ कास्कीका रोशन अधिकारीको दाह संस्कार साइप्रसमा गरिने भएको छ। डिसेम्बर २० आइतबार निकोसियाको स्ट्रोभोलोस सेमेटरीमा अन्तेष्टि हुन लागेको हो।
मृतकका परिवारले उतै अन्तेष्टि गर्न भनि नेपाली दुतावास इजरायलमा पत्र पठाए पछि निकोसिया स्थित अवैतनिक महावाणिज्य दुतावासको सम्वन्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अन्तिम संस्कार गर्ने जिम्मा लिएको हो। शव व्यवस्थापनमा लाग्ने खर्चका लागि स्थानिय नेपाली संघसंस्थाहरु संग आर्थिक सहयोग संकलन गरि दाहसंस्कारको सबै तयारी भै सकेको छ। शव व्यवस्थापनको सबै कानुनी प्रक्रिया पनि पुरा भै सकेको छ। कोरोना नियम का कारण दाहसंस्कारमा १० जना भन्दा बढी सहभागी हुन नपाइने बाध्यता रहेको छ।
रोशनले किन गरेका थिए आत्महत्या ?
गत वर्ष अक्टोबरमा सिटि युनिटि कलेजमा अध्ययनको लागि आएका अधिकारीले यहाँको माहोल बुझ्दा नबुझ्दै साइप्रसमा लकडाउन जारि भयो। अध्ययन भिसामा आएका विधार्थीले हप्तामा 20 घण्टा मात्र काम गर्न पाउने नियम छ। काकाको छोराहरु संगै बस्दै आएका उनि पार्ट टाइम कामको खोजीमा रहेका बेला लकडाउन एउटा खडेरी नै बन्न पुग्यो। अन्धा बुवा, ८४ वर्षका वृद्ध हजुरवुवा, जेनतेन घर सम्हालेकी कमजोर आमा र ऋण को जिम्मेवारी बोकेको छोराले काम नपाए पछि डिप्रेसनमा परे। त्यहि डिप्रेसन नै उनको आत्महत्याको कारण बन्न पुग्यो ।
के थियो पृष्टभुमि ? पार्थिव शरीर किन नेपाल लगिएन ? परिवारले उतै अन्तेष्टि गर्न किन भने ?
युट्युब मा मृतकका परिवारको ‘इन्टरभ्यु’ प्रशारण भयो। करुणादायी त्यो भिडियो हेरेर धेरै को मन छोयो। त्यसको अघिल्लो दिन मात्रै दुतावासमा मन्जुरी पत्र आएको थियो। भिडियो आएपछि सामाजिक संजालमा एउटा बसह चल्यो । मिश्रीत प्रतिक्रिया आए। विभिन्न अनुमान लगाउन सुरु भयो । कतै परिवारको आर्थिक स्थिति कमजोर भएर भनियो त कतै लास पठाउन पैसा नभएर होला भनेर अनुमान लाग्यो तर लासको जिम्मेवारी पाएका काका का छोराहरुको कुरा कोहि ले सुनेनन्। माहोल भावानात्मक वेगमा डुबेको थियो। आमा को पिडा सायद सबै ले महसुस गरेको हुनु पर्छ त्यसैले होला प्राय: ले नेपाल पठाउने र आर्थिक सहयोग गर्ने बाचा गरे।
तर परिवारको आफ्नै बाध्यता कसले बुज्ने ? कुन बा आमा लाई आफ्नो छोराको मुख हेर्न मन नहुदो हो ? मुटुमा पत्थर राखेर कसरी भने होलान् उतै जलाइदेउ ?
परिवारको सुनौलो भविष्य देखेर रोजगारीका लागि कतार भासिएका रोशनका बाबाको कार्यस्थलमा एक दुर्घटनामा आखाँको ज्योति गुमे पछि देश फर्किए। जोडेको केहि सम्पती उपचारमा सकियो। आर्थिक अवस्था कमजोर भयो।
वृद्ध हजुर बुबा समय संगै कमजोर थिए। तरकारी बेचेर आमाले जेनतेन घर धानेकै थिइन, भाइ १२ मा पढ्दै थियो। ऋणको भार र काम नपाउनु को पिडा ले डिप्रेशनमा पुगेका रोशनले ज्यान फालेको खबर पाए पछी आमा ७ दिन सम्म बेहोस रहिन् । लक्काजवान छोराले धोका दिएको शोकले कहिले होस् मा आइन कहिले बेहोस रहिन्।
कोरोनाको महामारीमा के लाश घर सम्म आइपुग्ला ? मुख हेर्न पनि पाइएला त् ? कमजोर भै सकेकी आमाले छोराको मुख देखे पछि फेरी अर्को घटना हुने हो कि भन्ने आशंका, शारीरिक रुपमा कमजोरी भएका वृद्ध हजुर बुबा काजक्रियामा बस्दा केहि पो हुने हो कि भन्ने त्रास र केहि समय अघि मृत्यु भएका आफ्नै आफन्तको मुख देख्न नपाएको पिडामा सहन नसक्ने बज्रपात सम्झेर परिवार हच्कियो ।
लास आउने प्रक्रिया लामो हुने, पुरिएको घाउ बल्झिने भए पछि परिवारले गरेको कठोर निर्णय पत्र बनेर साइप्रस आइपुग्यो। सारा आफन्त खलक बसेर गरेको निर्णयमा आमा, बुबा हजुअर बुबा र भाइ ले मन्जुरी दिएर छिटो भन्दा छिटो साइप्रसमा नै अन्तिम संस्कार गरि “अस्ती” पठाइदिन अनुरोध गरेका छन्।
लाशमा पनि राजनीति
शव व्यवस्थापनको जिम्मा पाएका मृतक का काका छोराहरु मध्य इश्वर अधिकारीले नेपाली राजदुतावास ईजरायल , अबैतानिक महाबाणिज्य दुतावास निकोसिया , गैरआवासीय नेपाली सघंसगं सहकार्य गर्ने विभिन्न सघंसस्थाहरुले शव ब्यवस्थापनका लागि लाग्ने रकम , प्रक्रिया सबै पुरा गरिसकेपछि पनि दुई चार वटा सघंसस्थाहरुले बिभिन्न कारण देखाई विरोध जनाउदै आ आफनो राजनितिक रोटी सेक्न खोजेकोमा दुख ब्यक्त गरेका छन । परिवारको आर्थिक अवस्थालाई ढाल बनाएर रकम उठाउने काम गलत भएको उनि बताउछन। एक डेढ महिनाको समय बितिसके पछि अहिले आएर परिवारको दयनिय आर्थिक स्थितिका कारणले नै लाश नेपाल नपठाइएको भन्ने कुरा झुटो भएको उनले भने ।
“हो परिवारको आर्थिक अवस्था कमजोर छ तर कमजोर आर्थिक अवस्थाले भने शव नपठाईएको भने होइन, परिवारलाई बद्नाम गराउने काम कसैले गर्न पाइदैन ” उनले थपे।
मृतकका अन्कलाका २ छोरा बिकास अधिकारी र सुर्य अधिकारी पनि विधार्थी हुन्। अर्थ संकलन र लासमाथि राजनीति गरेर विवाद निकाल्नु भन्दा यस्तो घटना हुन नदिन तिर सबैले ध्यान दिए सबै विधार्थीको भलो हुने उनीहरुको धारणा छ। मृतकको परिवारको सहयोगका लागि विदेशमा रहेका आफन्तले अर्थ संकलन गरि घर निर्माणको काम सुरु भै सकेको पनि जानकारी प्राप्त भएको छ।
आर्थिक सहयोग संकलन नगर्न अपिल
अन्नपूर्ण गाउपालिका २ नम्बर वडा कार्यालयले मृतक रोशन अधिकारीको शव व्यवस्थापन र सदागत को लागि आर्थिक सहयोग संकलन नगर्न अनुरोध गरेको छ। अवैतनिक वाणिज्यदुतको सम्वन्य र एनआरएन साइप्रसको सहयोगमा आवश्यक रकम संकलन भै सकेको हुनाले कुनै पनि संघसंस्था वा निकायले आर्थिक सहयोग संकलन नगर्न अनुरोध गरेको छ। सो पत्रलाई नेपाली कन्सुलर डा रामजीवन पंजियारले फेसबुकबाट पनि प्रकाशन गर्नु भएको छ।
१ पुस, काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् ।
सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट-वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट-वेसँग सम्झौता गरेको छ ।
आईएमई पे, ई-सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।
योसँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेले बताए । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि-इन्ट्रीको सुविधा पाउनेछन् ।
‘एकपटक श्रम स्वीकति लिएकाहरुले संसारको जुनसुकै कुनामा बसेर पनि श्रमको रि-इन्ट्री अनलाइनबाटै गर्न सक्नेछन्,’ उनले भने,’देशमै आएपनि पुनः श्रम स्वीकति लिन वैदेशिक रोजगार कार्यालय ताहाचलमा जानैनपर्ने गरी प्रणाली बनाएका छौं ।’
विदेशमा आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अनलाइनमार्फत नै श्रमको रि-इन्ट्री गर्नसक्ने उनले बताए । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएर आएपछि गोकर्ण बिष्टले यो व्यवस्था गर्न अग्रसारता देखाएका थिए । धेरै पटक विदशेबाटै रि-इन्ट्रीको सुविधा दिँदा कामदार स्वेदेश नै फर्किन नचाहने पनि हुन सक्ने भएकाले दुईपटक मात्रै यस्तो सुविधा दिइएको हो ।
यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गएपनि अवधि सकिएपछि विदेशमै बसिरहनु परेका श्रमिकलाई पनि श्रम स्वीकृति लिन सहज हुनेछ । यो व्यवस्थापछि श्रम रि-इन्ट्री नगरेका कारण समस्या पर्दा वैदेशिक रोजगार कल्याणकारी कोषबाट सुविधा पनि नपाउने अवस्था अन्त्य हुनेछ ।
समिम मियाँ/ लिमासोल
“नेपाली को साइप्रस जिन्दगी ” फेसबुक ग्रुप मा धेरैले सोध्ने गरेको प्रश्न हो ” साइप्रसबाट नेपाल मा खाता खोल्न मिल्छ ?”
आउनुस् आज हामि यसको उत्तर सहित सबै जानकारी तपाइँलाइ दिने छौ।
साइप्रस र विश्वको जुन सुकै देशबाट नेपालका बैंक हरुमा खाता खोल्न मिल्छ। अनलाइन निवेदन फारम बारेको २४-४८ घण्टा भित्र कागजात पुगे वा मिलेमा शुन्य रुपैया पनि खाता सजिलै खुल्छ। खाता खोल्ने बितिकै तपाइलाइ खाता नम्बर दिइने छ जसमा तपाइले मसारी, क्यासलाइन वा अन्य अनलाइन बाट पनि पैसा जम्मा गर्न सक्नु हुनेछ। आज यस लेख मा तपाइँ हरुलाई साइप्रस बाट सानिमा बैंक मा खाता कसरि खोल्ने बारे स्टेप बाइ स्टेप सिकाउने छु। सानिमा बैंक बाहेक अन्य थुप्रै बैंक मा पॉनि खाता खोल्न सकिन्छ। नेपालको कुन कुन बैंक मा अनलाइन खाता खोल्न सकिन्छ यहा क्लिक गरि हेर्नु होला।
सानिमा बैंक मा खाता खोल्न के के कागजात चाहिन्छ ?
एक पासपोर्ट साइजको डिजिटल फोटो
नागरिकता वा पासपोर्टको फोटो
इमेल एड्रेस
अब सुरु गरौ है त।
गुगल क्रोम ब्राउजर मा जानुहोस् र sanima bank लेखेर सर्च गर्नुहोस्
Sanima Bank Limited देखिएको पहिलो लिंक लाइ क्लिक गर्नुहोस्
अब तपाइँ सानिमा बैंक को वेबसाइट मा पुग्नुहुनेछ
APPLY FOR ONLINE ACCOUNT मा क्लिक गर्नुहोस्
देखिएका विभिन्न अप्सन मध्ये OPEN A NEW ACCOUNT मा क्लिक गर्नुहोस्।
शुन्य बचत म खोल्न मिल्ने ४ खाता मध्य कुनै एक रोज्नुहोस र APPLY गर्नुहोस्
Sanima Sampanna Bachat Khata
Sanima Nari Bachat
Remittance Saving Account
Sanima Sulav Savings
रेमिटेन्स खाता खोल्न APPLY गरेपछि यस्तो फर्म खुल्छ जसमा तपाइले निम्न जानकारी भर्नु पर्छ
नाम थर
जन्म मिति (अग्रेजी AD वा नेपाली मिति BS)
इमेल एड्रेस
क्याप्चा भर्नुहोस्
START ACCOUNT OPENNING FORM मा क्लिक गर्नुहोस्
अब अर्को फर्म खुल्छ यसमा तपाइले आफ्नो सारा विवरण भर्नु पर्छ। देश भरि सानिमा बैंकको ८५ ओटा ब्रान्च छ। पहिला कुन ब्रान्च मा खाता खोल्ने हो त्यो छान्नुहोस्।
ब्रान्च कहाँ छ कहाँ डिटेलमा हेर्न यहा क्लिक गरि हेर्नुहोस्
त्यस पछी तपाइले निम्न विवरण अंग्रेजीमा क्यापिटल मा भर्नु पर्छ
यो बैंक मा खाता छ त ? छ /छैन
नाम थर
टेलिफोन वा मोबाइल नम्बर (साइप्रसको मोबाइल नम्बर राख्नुहोला )
लिङ्ग : महिला /पुरुष वा अन्य
नागरिकता वा पासपोर्ट नम्बर
जारि भएको स्थान (नेपालबाट बनाउनु भएको भए जिल्लाको नाम KATHMANDU ) विदेश बाट पासपोर्ट रिन्यु गर्नु भएको देशको नाम जस्तै : ISREAL (साइप्रसमा नेपाली पासपोर्ट नेपाली दुतावास इजरायल बाट बनेर आउने हुदा )
जारि भएको मिति (नेपाली मिति )
वैवाहिक अवस्था : अविवाहित/ विवाहित वा अन्य ( विदुर वा विधुवा वा डिभोर्स भएको भए अन्य )Occupation(पेशा) Salaried(मासिक तलब पाउनेले यो रोज्ने ) , बिजनेस भए Self Employed , विधार्थी भए Professional वा other रोज्ने
organization name मा कम्पनि वा इम्प्लोयर वा कलेज को नाम लेख्ने
address मा कम्पनि वा इम्प्लोयर वा कलेज को ठेगाना लेख्ने
Designation मा घरेलु कामदार भए DOMESTIC WORKER, विधार्थी भए STUDENT वा आफ्नो पेशा वा पद लेख्ने
Estimated Annual income वार्षिक आम्दानी अनुमानित कति हुन्छ नेपालि रुपैयामा लेख्ने
टेलिफोन मा कम्पनि वा इम्प्लोयर वा कलेज को फोन नम्बर दिने (अनिवार्य छैन )
Family information मा तपाइको (grand father’s name हजुर बुवा को नाम) , ( father’s nameबाउ को नाम ), (mother’s name आमाको नाम ),(spouse name मा श्रीमान् वा श्रीमतीको नाम) र (son/daughter name छोरा छोरी को नाम ) लेख्नुस
Permanent Address मा पासपोर्ट मा वा नागरिकतामा लेखिएको स्थायी ठेगाना भर्नुहोस्।
Current Address मा अहिले आफ्नो साइप्रस को ठेगाना लेख्नुहोस house number, street name, city र country
Source of fund मा Remittance मा मार्क लगाउनुहोस्
Average Expected Transaction per month भनेको मासिक रुपमा कति कारोबार (रकम जम्मा गर्नुहुन्छ वा निकाल्नु हुन्छ ) भन्ने अनुमान छ ? Amount मा रकम लेख्नुस् र no of transaction मा कति पटक कारोबार हुन्छ लेख्नुस। मानौ ३५० युरो पठाउनु हुन्छ भने नेपाली लगभग ४९ हजार हुन्छ। पचास हजार लेख्दा हुन्छ। आफ्नो आम्दानि अनुसार लेख्दा राम्रो हुन्छ। कति पटक पठाउनु हुन्छ वा निकाल्नु हुन्छ त्यो पनि उल्लेख गर्नु पर्छ।
Nature of Transaction मा cash, cheque and Remittance रोज्नुहोस
Do you have any bank account’s in any other Bank & Financial Institution in Nepal? भनेको तपाइको नेपालमा अन्य कुनै बैंक वा वित्तीय संस्थामा कुनै बैंक खाता छ? छ भने yes छैन भने no रोज्नुहोस (यदि तपाइँ संग सानिमा बैंक को खाता पहिला देखि नै छ भने अर्को खाता खोल्न मिल्दैन )
Have you ever been convicted of crime? भनेको के तपाईंलाई कहिल्यै अपराधको दोषी ठहराइएको छ? छ भने yes छैन भने no रोज्नुहोस
अब SAVE AND CONTINUED मा क्लिक गरि अघि बढ्नुहोस।
अब तपाइले आफ्नो पासपोर्ट साइजको फोटो र पासपोर्ट वा नागरिकताको फोटो अपलोड गर्नु पर्छ।
Latest PP size photo मा दिएको SELECT IMAGE मा क्लिक गरि ग्यालेरी मा भएको पासपोर्ट साइजको फोटो हाल्नुहोस
नबुज्नु भएको भए यहा अन्तिम मा दिएको भिडियो मा हेर्नुहोस
त्यस्तै Citizenship Certificate * मा दिएको SELECT IMAGE मा क्लिक गरि ग्यालेरी मा भएको पासपोर्ट वा नागरिकताको फोटो हाल्नुहोस
Source of FCY earning certificate, NRN Card (For NRN only), मा तापाइले केहि अपलोड गर्नु पर्दैन
अब
अब SAVE AND CONTINUED मा क्लिक गरि अघि बढ्नुहोस।
अब अर्को पेज मा I agree above term and condition मा टिक मार्क लगाई SAVE AND CONTINUED मा क्लिक गरि अघि बढ्नुहोस।
अब यस अघि भरेको सबै बिवरण ठिक छ छैन हेर्नुहोस , केहि गलत भरिएको रहेछ बहने EDIT THIS PAGE मा क्लिक गरि सच्याउनु होस् नत्र सबै मिलेको भए अन्तिम मा रहेको SUBMIT मा क्लिक गर्नुहोस र ओके गर्नुहोस्
अब तपाइले एउटा रेफरेन्स नम्बर Reference Code पाउनु हुनेछ त्यो टिपेर राख्नुस जुन पछी काम लाग्नेछ।
अब १/२ दिन पर्खनु होस्। तपाइँ को खाता खुल्यो कि खुलेन भनेर हेर्न यहाँ क्लिक गर्नुहोस्
तपाइँ को खाता को प्रोसेस के हुदै छ भनि Reference Code, जन्म मिति र क्याप्चा भएर TRACK ACCOUNT मा क्लिक गर्नुहोस्।
वा आफ्नो इमेल चेक गर्नुहोस् .
बुझ्नु भएन भने यो भिडियो राम्रो संग हेर्नुहोला। तपाइँ लाइ बैंक खाता खोल्न गारो भयो भने 95908350 मा कल वा WHATSAPP गर्नुहोला हामि मद्दत गर्नेछौ।
दिनेश गौतम युरोप , साईप्रस
साईप्रस एवमं इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्य डिप्लोम्याट आफ दि ईयर २०२० को अवार्डबाट सम्मानित हुनुभएको छ । ईजरायलको प्रतिष्ठित दि एम्बेस्डर क्लब अफ ईजरायलका अध्यक्ष एम्बेस्डर ईत्झाक ईल्दन र ईजरायली परराष्ट मन्त्रालयको शिष्टाचार विभागका प्रमुख गिल हस्केलले संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नु भएको हो ।
नेपाली राजदुतको कार्यभर सम्हालेको छोटो समयमा नेपाल ईजरायलको सम्बन्ध अझै प्रगढ बनाएको भन्दै क्लबले सम्मान गरेको जनाएको छ । राजदुत डा. शाक्यले सो सम्मान ग्रहण गर्दै आफु माथि नेपाल र ईजरायलको सम्बन्ध , समन्वय , सहकार्य गर्न अझै प्रेरित गरेको भन्दै क्लब लगाएत सारा टिमलाई धन्यबाद दिनुभएको थियो ।
अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख Ambassador Gil Haskel, मन्त्रालयकै Asia Pacific Division का उपप्रमुख Ambassador Michael Ronen, Asia Pacific regional group of Ambassadors का Dean
ईजरायलका लागि म्यानमारका राजदूत H. E. Maung Maung Lynn, क्लबका उपाध्यक्ष, Board of Directors, CEO लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा परराष्ट्र मन्त्रालयको Asia Pacific Division का उपप्रमुख Ambassador Michael Ronen ले ईजरायली परराष्ट्र मन्त्री H. E. Gabi Ashkenazi को बधाई सन्देश बाचन गरेर सुनाउनुभएको थियो साथै नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले नेपालको परराष्ट्र मन्त्री Honorable Pradeep Kumar Gyawali को बधाई सन्देश बाचन गर्नुभएको थियो।
यसका अतिरिक्त नेपालका लागि ईजरायली राजदूत H. E. Hanan Goder को लिखित बधाई सन्देश बाचन गरिनुका साथै ईजरायलका लागि थाई राजदूत H. E. Pannabha Chandraramya, ईजरायली चर्चित गायिका Ms. Gali Atari, ईजरायली आर्किटेक्ट ईन्जिनियर Dr. Ada Gansach र ईजरायलमा Ph. D. अध्ययनरत नेपाली Ms. Sabita Deshemaru को video सन्देश समेत प्रस्तुत गरिएको थियो।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।