२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

रूपन्देहीमा ३ दिने नेटवर्किङ बुटक्याम्प हुँदै, विद्यार्थी, युवा तथा व्यवसायी सहभागी हुन सक्ने

काठमाडौँ । रूपन्देहीको सूचना प्रविधि क्षेत्रमा क्रियाशील सङ्गठन सीएसआईटीएन एसोसिएसन अफ रूपन्देहीले ‘नेटवर्किङ बुटक्याम्प २०८२’ आयोजना गर्ने भएको छ । विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ संस्थाले तीन दिने विशेष बुटक्याम्प आयोजना गर्न लागेको हो ।

संस्थाका अनुसार कार्यक्रम यही २५-२७ साउनसम्म रूपन्देहीको तिलोत्तमा, ३ ड्राइभरटोलस्थित होराइजन जीबीएस कलेजमा सञ्चालन हुनेछ । आईटी क्षेत्रमा आबद्ध विद्यार्थीहरू, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यवसायीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा नेटवर्किङका आधारभूतदेखि व्यावसायिक पक्षसम्मका विषयमा प्रशिक्षण दिइने उल्लेख छ । 

हरेक दिन ८–९ घण्टासम्म सञ्चालन हुने यस कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा नेटवर्किङ तथा साइबर सुरक्षा क्षेत्रमा अनुभवी प्रशिक्षक आयुष चापागाईँ रहने आयोजकले जनाएको छ । कार्यक्रममा चापागाईले सहभागीहरूलाई नेटवर्किङ संरचना, ट्रबलशुटिङ, आईपी व्यवस्थापन, साइबर सुरक्षा, सिस्कोका उपकरणहरूमा अभ्यास, लगायतका महत्वपूर्ण विषयहरूमा प्रशिक्षण दिने संस्थाका अध्यक्ष माधव पौडेलले जानकारी दिए । 

“कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई रोजगारीको दृष्टिकोणले तयार पार्नु, व्यवहारिक सीप विकास गराउनु र नेटवर्किङ प्रविधिको वर्तमान ट्रेन्डमा अपडेट गराउनु हो,” अध्यक्ष पौडेलले भने, “नेटवर्किङ बुटक्याम्पमा सहभागीहरूका लागि करियर गाइडेन्स सेसन, प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया तथा नेटवर्किङसम्बन्धी समस्या समाधानका अभ्यासहरू पनि समावेश गरिनेछ ।”

उनका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले अनिवार्य रूपमा पहिले नै दर्ता गर्नुपर्ने हुन्छ । दर्ताको फारम संस्थाले आफ्ना विभिन्न सामाजिक सञ्जालमा उपलब्ध गराएको जनाएको छ । जसका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ । यसरी दर्ता गरी सहभागी भएको विद्यार्थीलाई संस्थाले प्रमाणपत्र समेत प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट