२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

अमेजनले किन्यो तपाईंका हरेक कुरा सुन्ने एआई ‘बी’, प्राइभेसीमाथि नयाँ बहस

काठमाडौँ । विश्वको अग्रणी प्रविधि कम्पनी अमेजनले एक यस्तो एआई स्टार्टअपलाई खरिद गरेको छ जसले तपाईंका हरेक कुराकानी रेकर्ड गर्न सक्ने वेयरेबल (wearable) डिभाइस बनाउँछ । ’बी’ (Bee) नामक यो स्टार्टअपको खरिदसँगै अमेजनले व्यक्तिगत एआई सहायताको क्षेत्रमा ठूलो पाइला चालेको छ भने प्रयोगकर्ताको गोपनीयतामाथि फेरि एकपटक गम्भीर प्रश्नहरू खडा भएका छन् ।

बी स्टार्टअपकी सह–संस्थापक मारिया डे लोर्डेस जोलोले एक लिंक्डइन पोस्टमार्फत अमेजनले आफ्नो कम्पनी खरिद गरेको जानकारी दिएकी हुन । अमेजनले पनि यो खरिद प्रक्रिया अघि बढेको तर सम्झौता अझै टुंगिनसकेको पुष्टि गरेको छ । 

के हो ’बी’ डिभाइस?

’बी’ एउटा नाडीमा लगाउने एआई डिभाइस हो जसले प्रयोगकर्ताले बोलेका सबै कुरा सुन्छ र त्यसलाई रेकर्ड गर्छ । यो कम्पनीले एप्पल वाचका लागि एप र ४९.९९ डलरमा छुट्टै ब्रेसलेट पनि उपलब्ध गराइरहेको छ । यसको लागि भने मासिक १९ डलरको सब्स्क्रिप्सन शुल्क लाग्छ । यो डिभाइसको मुख्य उद्देश्य भनेको प्रयोगकर्ताका कुराकानीहरू सुनेर त्यसबाट रिमाइन्डर, टु–डु लिस्ट (गर्नुपर्ने कामको सूची) र अन्य सूचनाहरू तयार पार्नु हो । 

यदि प्रयोगकर्ताले म्यानुअल रूपमा म्युट गरेनन् भने यो डिभाइसले निरन्तर अडियो रेकर्ड गरिरहन्छ । बीले आफ्नो उत्पादनलाई एक “विश्वसनीय साथी“ को रूपमा प्रस्तुत गरेको छ । 

यो डिभाइसले प्रयोगकर्तालाई सोच्न, सम्झन र स्वतन्त्र रूपमा अघि बढ्न मद्दत गर्ने कम्पनीको दाबी छ । यो कम्पनीको दीर्घकालीन लक्ष्य “क्लाउड फोन“ बनाउनु हो । यस्तो क्लाउड फोनले प्रयोगकर्ताको स्मार्टफोनको डिजिटल प्रतिलिपि तयार पारी मेसेज र अन्य नोटिफिकेसनको व्याकअप राख्छ र प्रयोगकर्तालाई चाहिएको बेलामा पहुँच दिन्छ । 

यो खरिदले अमेजनको एआई रणनीतिमा आएको परिवर्तनलाई सङ्केत गर्छ । अमेजन अब एआईको दौडमा भ्वाइस असिस्टेन्टभन्दा बाहिर जान खोजेको यो खरिदले प्रष्ट पारेको छ । अमेजनले बीका कर्मचारीहरूलाई आफ्नो कम्पनीमा रोजगारीको प्रस्ताव गरेको छ । यसले अमेजनको एआईको दौडमा थप सामथ्र्य दिने छ । 

बीले बनाएको प्रविधिले जतिसुकै सुविधा दिए पनि यसले गोपनीयताको गम्भीर सवाल खडा गरेको छ । बोलेको कुरा सधैंभरि सुन्ने यस्तो डिभाइसले व्यक्तिगत जानकारीको दुरुपयोग हुने खतरा बढाउँछ । 

बीले आफूले अडियो रेकर्डहरू भण्डारण नगर्ने र प्रयोगकर्ताले चाहेको बेला आफ्नो डाटा मेटाउन सक्ने दाबी गरेको छ । तर, अमेजनको हातमा पुगेपछि यी नीतिहरू यथावत रहन्छन् कि रहँदैनन् भन्नेमा शङ्का छ ।

यो खरिदले अमेजनलाई वेयरेबल प्रविधिको बजारमा पुनः स्थापित गराउन मद्दत गर्न सक्छ । अहिले एप्पल र फिटबिट जस्ता कम्पनीहरूको यो बजारमा वर्चस्व छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट