काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विद्यार्थीहरूलाई लक्षित गरी ‘सधैं अन रिन्युअल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको यो योजना अन्तर्गत विद्यार्थीहरूले ३९९ रुपैयाँदेखि सुरु हुने मासिक शुल्कमा अनलिमिटेड फेसबुक, टिकटक र युट्युब चलाउन पाउनेछन् ।

करसहित ३९९ रुपैयाँको मासिक प्लानमा ३० दिनका लागि ३९९ मिनेट अल-नेपाल कल, ८ जीबी डेटा र ३९ ओटा एसएमएस सुविधा उपलब्ध छ । त्यसैगरी, ५९९ रुपैयाँको प्लानमा ५९९ मिनेट अल-नेपाल कल, २० जीबी डेटा र ५९ ओटा एसएमएस पाइनेछ ।
यी दुवै प्लानमा अनलिमिटेड नाइट डेटा र लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । यो योजना विशेषगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थी लगायत सबै तहका विद्यार्थीका लागि ल्याइएको हो ।
एनसेलले यो योजना अन्तर्गतको सिम वा ईसिम लिनका लागि विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने जनाएको छ । उक्त कागजातसहित नजिकैको एनसेल सेन्टर वा आधिnceकारिक बिक्रेताबाट यो सेवा लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १७:१९
सामाग्री श्रोत :
टेक पाना