२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

आईफोनमा फोन र मेसेजका लागि ह्वाट्सएपलाई ‘डिफल्ट एप’ बनाउने सुविधा

काठमाडौं । आईफोन प्रयोगकर्ताले अब फोन र मेसेजिङका लागि ह्वाट्सएपलाई ‘डिफल्ट एप’ को रूपमा सेट गर्नसक्ने भएका छन् । डब्लूएबेटाइन्फोले हालै दिएको जानकारी अनुसार ह्वाट्सएपको बेटा संस्करण २५.८.१०.७४ मा प्रयोगकर्ताले  आईफोनको ‘Phone’ वा ‘Messages’ एपको सट्टा ह्वाट्सएपलाई डिफल्ट एप बनाउने सुविधा पाएका छन् ।

यो फिचर प्रयोग भएपछि आईफोनमा कुनै नम्बरमा ट्याप गर्दा स्वचालित रूपमा ह्वाट्सएप खुल्ने र सोही माध्यमबाट कल वा मेसेज पठाउन सकिने बताइएको छ ।

हाल यो सुविधा सीमित बेटा प्रयोगकर्ताका लागि उपलब्ध छ । सार्वजनिक रूपमा कहिले उपलब्ध हुन्छ भन्ने स्पष्ट जानकारी आएको छैन । 

एप्पलले आईओएस १८.२ अपडेटमार्फत थर्ड पार्टी एपहरूलाई ‘डिफल्ट एप’ को रूपमा प्रयोग गर्ने विकल्प दिएको थियो । सुरुमा युरोपियन युनियन (ईयू) भित्र मात्र सीमित रहेको यो सुविधा हाल विश्वभर उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ ७:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?