२०८१ चैत्र ३० शनिबार
LATEST NEWS
२०८१ चैत्र ३० शनिबार

पूर्वराजा ज्ञानेन्द्रको राहदानी रद्द हुँदै

काठमाडौं– सरकारले राजतन्त्र पुनःस्थापनाको मागसहित शुक्रबार काठमाडौंको तीनकुनेमा विध्वंश मच्याउन निर्देशन दिएको दाबीसहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिँदै आएका सेवा–सुविधा र राहदानीसमेत जफत गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिसमेत गठन गरेर लोकतान्त्रिक व्यवस्थामाथि चुनौती दिएको निष्कर्षपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा–सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको हो। 

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो।

Ncell 2
Ncell 2

शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको विध्वंशमा परेर दुई जनाको मृत्यु, सुरक्षाकर्मी र आन्दोलनकारीसहित १०५ घाइते भए्का छन् भने १४ स्थानमा राजावादीले आगलागी गरेका छन्। सरकारले समिति गठन गरेरै शुक्रबारको हिंसा छानबिन गर्नेछ। 

‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको र छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालय स्रोतले बताएको छ।

shivam cement
shivam cement

शुक्रबार रातीको मन्त्रिपरिषद् बैठकले हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल गरेको थियो भने त्यसमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताएको छ। 

शुक्रबारको हत्या, आगजनी र लुटपाटको फिल्ड कमान्डर प्रसाईं भए पनि बिहीबार निर्मल निवास बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति पूर्वराजा ज्ञानेन्द्र नै भएको सरकारको दाबी छ।

राजा ल्याउने अभियानका कमान्डर प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेको र सुरक्षाकर्मीलाई मिच्ने गरी उत्रिएपछि भीड उत्तेजित भएर ढुंगामुढा गर्न थालेको सरकारी निष्कर्ष छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?