२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं। राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रहरीले माइकिङ गर्दै केहीबेरमा कर्फ्यु सुरु हुने भएकाले सबैलाई आ–आफ्नो घर जान अनुरोध गरेको छ।

राजावादीहरूको नाममा भएको प्रदर्शन हिंस्रक भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीले तीनकुनेको एक निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो।

यस्तै प्रदर्शनकारीले नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन्।


सामाग्री श्रोत :

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट