२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

नेपाल सुपर लिग: ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ पार्टनरको रूपमा साथ दिने भएको छ । यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच सम्झौता भएको छ ।

एनएसएलको तेस्रो सिजन यही शनिबारदेखि सुरु हुँदैछ, जसअन्तर्गत ललितपुर सिटी एफसीले आफ्नो पहिलो खेल साँझ ६ बजे काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ । 

यस सिजनमा ललितपुर सिटी एफसीसहित सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्य क्लबहरूमा काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन रहेका छन् ।

एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले खेलकुद र युवा प्रतिभा विकासमा हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपाली फुटबललाई अझ उचाइमा पुर्‍याउन पाउँदा खुसी छौं ।”

एनसेल यसअघि नै एनएसएल सिजन ३ को प्रमुख प्रायोजक भइसकेको छ ।यो फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी वैशाख १३ गते समापन हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ १३:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट