२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

नेपाल राष्ट्र बैंकमा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रवर्द्धन र नवप्रवर्तनलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । भुक्तानी प्रणाली विभाग मातहत रहनेगरी राष्ट्र बैंकले आजदेखि यो हब औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ तथा भुक्तानी प्रणालीमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्न वित्तीय नवप्रवर्तकहरूलाई नीति तथा नियमनसम्बन्धी जानकारी दिने, नवप्रवर्तनकारी प्रस्तावहरूको विश्लेषण गर्ने र तिनले ल्याउन सक्ने अवसर तथा चुनौतीबारे नियामकीय दृष्टिकोण प्रदान गर्ने उद्देश्यले यो हब सञ्चालनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ हबमार्फत नन-बाइन्डिङ गाइडेन्स, परामर्श र सुझाव प्रदान गर्दै नियामकसँगको पहुँचलाई सहज बनाउने व्यवस्था गरिएको छ । यसले डिजिटल वित्तीय सेवाका नवप्रवर्तकहरूलाई थप उत्प्रेरित गर्ने राष्ट्र बैंकको विश्वास छ । 


पछिल्लो अध्यावधिक: चैत १४, २०८१ २०:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट