काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाईको सूचना नआउँदै कार्यालयमा नजान यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले आधिकारिक माध्यममार्फत लाइसेन्स छपाई तथा वितरण प्रक्रियाबारे जानकारी लिन सेवाग्राहीलाई अनुरोध गरेको हो ।

लाइसेन्स छापिएपछि सम्बन्धित व्यक्तिलाई एसएमएस, विभागको वेबसाइट र फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग’ मार्फत जानकारी गराइने विभागले जनाएको छ । सूचना नपाई कार्यालय आउँदा सेवाग्राहीहरूले अनावश्यक दुःख पाउने र कार्यालयमा भीडभाड पनि बढ्ने भएकाले यो व्यवस्था लागु गरिएको विभागले जनाएको छ ।
नेपालको संविधान र कार्य विस्तृतिकरण प्रतिवेदनअनुसार लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने तथा रद्द गर्ने अधिकार प्रदेश सरकारअन्तर्गत रहेका कार्यालयहरूमा रहेपनि हाल यातायात व्यवस्था विभागले नै छपाई कार्य गरिरहेको छ ।
विभागले परीक्षार्थी उत्तीर्ण भएपछि उनीहरूको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।

सूचना पढ्नुहोस्:
पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १६:५४
सामाग्री श्रोत :
टेक पाना