२०८३ जेष्ठ २६ मंगलवार
LATEST NEWS
२०८३ जेष्ठ २६ मंगलवार

कोलकत्ताको पहिलो जित, राजस्थानको लगातार दोस्रो हार

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ। बुधबार भएको खेलमा राजस्थान रोयाल्सलाई ८ विकेटले हराउँदै कोलकत्ता विजयी भएको हो।

कोलकत्ता आफ्नो पहिलो खेलमा बैंगलुरुसँग पराजित भएको थियो। राजस्थानको भने यो लगातार दोस्रो हार हो। राजस्थान पहिलाृे खलेमा हैदराबादसँग पराजित भएको थियो।

राजस्थानले दिएको एक सय ५२ रनको लक्ष्य कोलकत्ताले १७.३ अ‍ोभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। कोलकत्ताको जितमा ओपनर क्विन्टन डि ककले शानदार ब्याटिङ गरे। उनले ६१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे। यस्तै अंगक्रिश रघुवंशीले २२ तथा कप्तान अजिंख्य रहाणेले १८ रन बनाए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो।

राजस्थानका ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। यस्तै यशस्वी जैसवालले २९ रन बनाउँदा कप्तान रियान परागले २५ तथा जोफ्रा आर्चरले १६ रन बनाए।

कोलकत्ताका वैभव अरोरा, हर्षित राणा, मोइन अली र वरुण चक्रवर्तीले समान दुई दुई विकेट लिए।


सामाग्री श्रोत :

कोलकत्ताको पहिलो जित, राजस्थानको लगातार दोस्रो हार

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट