२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित

काठमाडौं– एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल  मलेसियासँग २-० ले पराजित भएको छ।

समूह ए अन्तर्गत मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले दुवै हाफमा गोल व्यहोरेको थियो।

खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

मलेसियालाई घरेलु मैदानमा जितसहित छनोट यात्रामा सुखद सुरुवात दिलाउन हेक्टोर हेभेल र ला’भेरे कोर्बिन ओङले एक-एक गोल गरे।

पोर्चुगलको पोर्टिमोनेन्समा व्यावसयिक फुटबल खेल्ने हेक्टोर यसै खेलका लागि मलेसियन टिममा समावेश भएका थिए। उनले मलेसियाका लागि पहिलो खेलमै डेब्यु गोल गर्दै यादगार बनाए।

Ncell 2
Ncell 2

यस्तै दोस्रो हाफमा मलेसियाले गोल थप्यो। कोर्बिन ओसले ७०औं मिनेटमा गोल गरेका थिए।

एसियन कप छनोटको समूह बी मा मलेसियाले जितसहित ३ अंक जोडेको छ। नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ। नेपालले आगामी जुनमा लाओससँग अवे म्याच खेल्ने तालिका छ।

नेपालले मलेसियासँग पहिलो खेल होम म्याच खेल्ने तय भएपनि नेपालको दशरथ रंगशालमा अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले घरेलु खेल मलेसियामा गएर खेल्नुपरेको हो। यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र मलेसियाले होम म्याच स्वाप (साटेको) गरेको र आगामी नोभेम्बरमा मलेसियाको घरेलु मैदानमा खेल्ने भनिएको म्याच नेपालमा खेलिने जनाएको छ।

shivam cement
shivam cement

यस समूहको अर्को खेलमा भियतनामाले लाओसलाई ५-० ले हराएर सानदार सुरुवात गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट