२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

युट्युबर बने महावीर पुन, आएको आम्दानी केमा खर्च गर्लान् ?

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आम्दानीको नयाँ स्रोत खोज्दै युट्युब च्यानल सुरु गरेका छन् । सोमबार फेसबुकमा एक पोस्ट गर्दै पुनले युट्युबमार्फत आम्दानी गर्ने प्रयास थालेका हुन् ।

“विगत ३२ वर्षदेखि कुनै जागिर खाएको छैन, अन्य कुनै आम्दानीको स्रोत पनि छैन । अरूले युट्युबबाट आम्दानी गरेको देखेर मैले पनि प्रयास गरेको हुँ,” पुनले लेखेका छन् ।

यस च्यानलबाट आउने आम्दानी आफ्नो पुस्तक बिक्रीबाट संकलित रकमसँग नजोडिने उनले बताए । आफ्नो आत्मकथा ‘सम्झना, सपना र अविरल यात्रा’ बिक्रीबाट उठेको पैसा उनले वीरगञ्ज कृषि औजार कारखानाको मर्मत कार्यमा खर्चिने घोषणा गरिसकेका छन् ।

हालसम्म एक लाख ८० हजारभन्दा बढी पुस्तक बिक्री भइसकेको उनले जानकारी दिए ।

पुनले युट्युब च्यानलबाट प्राप्त हुने आम्दानीलाई विशेष कामका लागि प्रयोग गर्ने बताएका छन् । “मैले जुन काम गर्न गइरहेको छु, त्यो मेरो जिम्मेवारी पूरा गर्नका लागि छुट्टै पैसा चाहिएकाले युट्युब च्यानल खोलेर पैसा जम्मा गर्न खोजिरहेको हो,” उनले भने ।

उनले आफ्ना युट्युब च्यानलमा ज्ञानवर्द्धक र मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्ने योजना बनाएका छन् । यस च्यानलमा १०-१५ मिनेटका नियमित कार्यक्रम राखिने भन्दै उनले सबैलाई च्यानल सब्सक्राइब गर्न र हेर्न आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १३:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट