२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

सुनको मूल्य सामान्य अंकले घट्यो, चाँदीको कति ?

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ –नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  सोमबारको तुलनामा सुन आज २०० रुपैयाँले घटेको हो । 

त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन । चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार पनि चाँदीको मूल्यमा स्थिर थियो ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?