२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

इजरायली हवाई आक्रमणको लेबनानी राष्ट्रपतिद्वारा निन्दा

एजेन्सी– लेबनानका राष्ट्रपति जोसेफ औनले शनिबार दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन्। 

सो आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। 

लेबनानको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी व्यापक द्वन्द्व निम्त्याएको आरोप लगाइएको छ। राष्ट्रपति औनले ‘लेबनानमा जारी आक्रमण’ भनेर वर्णन गर्नुका साथै तिनीहरूले लेबनानलाई फेरि एक पटक हिंसाको चक्रमा धकेल्ने प्रयास गरेको बताएका छन्। 

Ncell 2
Ncell 2

उनले इजरायल र हिजबुल्लाह बीच सन् २०२४ सम्ममा अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको निरीक्षण गर्ने पाँच सदस्यीय समितिलगायत लेबनानी अधिकारीलाई थप नतिजाहरू रोक्नका लागि  ‘अत्यन्त गम्भीरता’का साथ सम्बोधन गर्न आग्रह गरेका छन्।

राष्ट्रपतिले लेबनानको ‘‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्दै सर्वसाधारणको सुरक्षा र आक्रमणको अनुसन्धान गर्न सेना कमाण्डर रोडोल्फ ह्याकललाई निर्देशनसमेत दिएका छन्। 

shivam cement
shivam cement

लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल ९युनिफिल० ले हिंसाप्रति चिन्ता व्यक्त गरेको छ।

“हामी सबै पक्षहरूलाई कमजोर स्थिरतालाई जोखिममा पार्न सक्ने कार्यहरूबाट टाढा रहन जोडदार आग्रह गर्दछौं,” प्रवक्ता एन्ड्रिया टेनेन्टीले बताउनुभयो। साथै, युनिफिलले तनाव कम गर्न शान्ति सेनाले गस्ती गरिरहेको बताएको छ।

युद्धविरामले विवादित लेबनानी क्षेत्रबाट इजरायली सेना फिर्ता हुने कुरा तोकेको थियो, तर इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमा पछि पनि सीमा चौकीहरू कब्जा गरिरहेको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट