काठमाडौ । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ की २९ वर्षीया जुनु राना थापा मगर र बर्दियाको गुलरिया नगरपालिका–२ का ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ। जुनुले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख १० हजार रुपैयाँ लिएको आरोप छ भनें सुदिपले ४ जनालाई सर्बिया पठाइदिने भन्दै १८ लाख ५४ हजार रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
सामाग्री श्रोत :
deshparadesh

