२०८३ असार २३ मंगलवार
LATEST NEWS
२०८३ असार २३ मंगलवार

स्वास्थ्य सेवालाई पनि संघीय निजामती ऐनमा गाभ्ने कुरा आएको छ: मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई पनि संघीय निजामती ऐनमा नै गाभ्ने तयारी भइरहेको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रीका रुपमा एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई निजामतीतिर नै गाभ्ने कुरा पनि आइरहेको बताएका हुन्।

‘स्वास्थ्य सेवामा ऐनको कुरा पनि छ त्यसलाई निजामती तिर नै गाभ्ने कुरा पनि आइरहेको छ,’ पत्रकार सम्मेलनमा उनले भने।

उनले स्वास्थ्य सेवा विशिष्टकृत सेवा भनिए पनि तलब लगायतका सेवा सुविधा भने त्यस अनुसार नभएकाले निजामतीमा गाभिए पनि सेवा सुविधा स्वास्थ्यको संवेदशीलता अनुसार नै हुने पनि जानकारी दिए।

स्वास्थ्य सेवालाई निजामती अन्तर्गत नै राख्नुपर्ने वा छुट्टै बनाउने भन्ने विषयमा स्वास्थ्यकै संघसंस्थाहरुबीच एकमत छैन। केही संस्थाले निजामतीमै राख्दा उचित हुने भनिरहेका छन् भने केहीले स्वास्थ्य सेवा ऐन छुट्टै हुनुपर्छ भन्दै आइरहेका छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट