२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

ॐ अस्पताललाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसलाको यस्तो छ पूर्णपाठ

काठमाडौं- उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलाको पूर्णपाठ आएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले गरेको उक्त फैसलाको पूर्णपाठ आएको हो।

बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरबाही भएको भन्दै  ५ करोड क्षतिपूर्तिका लागि  दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले  २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।

आफ्ना बुवा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले मुद्दा दायर गरेका थिए। उजुरीकर्ताका अनुसार ९८ वर्षको उनी  २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको इमरजेन्सीमा उपचार गर्न लिइएको थियो।

फैसलाको पूर्णपाठमा भनिएको छ- ‘माथि उल्लेखित तथ्य प्रमाणहरु समेतबाट निज बिरामीको विशेषज्ञ चिकित्सकको सहयोग विना आकस्मिक कक्षमा उपलव्ध रहेका चिकित्सकले गरेको उपचार कार्यमा लापरवाही भएको अवस्था देखिँदा बिरामीको रोगमा जटिलता उत्पन्न हुन गएको देखिएको, तत्पश्चात निज बिरामीको मिति २०८१ फागुन १३ मा मृत्यु समेत भएको अवस्थामा प्रतिवादीहरुको असावधानीका कारण प्रकारान्तरमा बिरामीको मृत्यु समेत भई निवेदकलाई शारीरिक, मानसिक, आर्थिक लगायतका क्षति पुग्न गएको देखिएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५१ समेतका आधारमा प्रतिवादी चिकित्सकहरु डा. सरोज कुमार गोहिवार र डा. सायुज्यराज घिमिरेबाट जनही रु.३,०५,५०० (अक्षरेपी तीन लाख पाँच हजार पाँच सय रुपैयाँ) का दरले र प्रतिवादी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बाट रु.५०,७०, ०००।– (अक्षरेपी पचास लाख सत्तरी हजार रुपैयाँ) रकम समेत जम्मा रु. ५६,८१,०००।– (छपन्‍न लाख एकासी हजार रुपैयाँ) प्रतिवादीहरुबाट वादीलाई क्षतिपूर्ति बापत दिलाई भराई दिने ठहर्छ।’

यस्तो छ पूर्णपाठ

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट