२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

ओपनएआईले ल्यायो तपाईँका लागि कम्प्युटरमा सबै काम गरिदिने च्याटजीपीटी एजेन्ट

काठमाडौँ । ओपनएआईले आफ्नो ‘च्याटजीपीटी एजेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक पोस्टमार्फत च्याटजीपीटीमा नयाँ फिचर थपिएको जानकारी दिएको हो ।

कम्पनीका अनुसार प्रयोगकर्ताले यस टुललाई आफ्नो सहायकका रूपमा प्रयोग गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको क्यालेन्डर हेरेर आकर्षक प्रेजेन्टेसन र स्लाइड शो बनाउनुका साथै कोड पनि रन गर्न सक्नेछ ।

यसअघि ओपनएआईले एउटा एजेन्टिक टुल ‘अपरेटर’ सार्वजनिक गरेको थियो । उक्त टुलले वेबसाइटमा क्लिक गर्नेदेखि विभिन्न वेबसाइटबाट सूचना सङ्कलन गरेर गहन अनुसन्धान गर्न सक्थ्यो । यो नयाँ एजेन्टमा पनि ती आकर्षक क्षमता समावेश गरिएका छन् । ओपनएआईका अनुसार प्रयोगकर्ताले च्याटजीपीटीसँग कुराकानी गरेकै शैलीमा यो नयाँ फिचर प्रयोग गर्न सक्नेछन् ।

उदाहरणका लागि, तपाईंले न्यु योर्क सिटीका लागि फ्लाइट खोच्दैछु भनेर भने प्रम्ट राख्नुभयो । अब च्याटजीपीटीको उक्त टुललले तपाईंका विभिन्न पक्ष विश्लेषण गर्नेछ । खासगरी तपाईंका लागि उपयुक्त समय कुन हो, तपाईंको बजेट कति हो आदि विश्लेषण गर्छ र उपयुक्त फ्लाइट टिकेट काटिदिन्छ । त्यसबाहेक यसले उपलब्ध तथ्याङ्कका आधारमा तपाईंको व्यवसायको सहयात्रीका रूपमा पनि काम गर्नेछ । तपाईंको व्यवसाय कुन अवस्थामा छ भन्ने विश्लेषण गर्ने क्षमता यसमा भएको कम्पनीको दाबी छ । त्यसका साथै जिमेल, गुगल क्यालेन्डर जाँच गरेर तपाईंको काम र परियोजनाबारे सम्झाउनेछ । तपाईंले कुनै ठाउँमा प्रेजेन्टेसन दिनु पर्नेछ भने यसले तपाईंका लागि उपयुक्त प्लेजेन्टेसन वा स्लाइड शो बनाइदिनेछ । 

ओपनएआईको प्रो, प्लस र टिम प्लान लिएका प्रयोगकर्तालाई कम्पनीले बिहीबारदेखि नै यो फिचर उपलब्ध गराउन थालेको छ । यो टुल सक्रिय गर्नका लागि प्रयोगकर्ताले च्याटजीपीटीमा रहेको ‘एजेन्ट मोड’ छान्नुपर्ने हुन्छ ।

कम्पनीका सीईओ साम अल्टम्यानले यस टुलले कम्प्युटरका जटिलभन्दा जटिल काम गर्ने दाबी गरेका छन् । उनका अनुसार यो डिप रिसर्च र अपरेटको मिश्रण हो । “यो जतिको शक्तिशाली लाग्छ त्यो भन्दा निकै बढी छ,” अल्टम्यान लेख्छन्, “यसले लामो समयसम्म सोच्न सक्छ, केही टुल प्रयोग गर्न सक्छ, फेरि सोच्न सक्छ, केही काम गर्न सक्छ र पुनः सोच्न सक्छ ।” यसका सम्भावित जोखिम उत्तिकै भएको भन्दै टुल प्रयोग गर्दा सजगता अपनाउन सुझाव दिएका छन् । त्यसका लागि अहिले ‘वाच मोड’ नामक अर्को फिचर राखिएको छ ।

यसअघि च्याटजीपीटी लगभग प्रयोगकर्ताको प्रश्नको जवाफ दिने काममा मात्र बढी केन्द्रित थियो । कम्पनीले अपरेटर नामक टुल ल्याएको भए पनि यो केबल अवधारणामा रहेको जस्तो देखिन्थ्यो । तर, एआई टुलले प्रयोगकर्ताका लागि काम गरिदिने सन्दर्भमा भने यसलाई ओपनएआईको अहिलेसम्मकै सबैभन्दा साहसी प्रयासको रूपमा हेरिएको छ ।

ओपनएआई, गुगल र पर्प्लेक्सिटी जस्ता सिलिकन भ्यालीका एआई कम्पनीले दर्जनौं एआई एजेन्ट ल्याएका थिए । तर, ती टुलका प्रारम्भिक भर्सनमा भने कम्पनीहरूले दाबी गरेको जस्तो जटिल काम गर्न सक्ने क्षमता थिएन । केहीमा क्षमता भएपनि काम गर्न टुल सङ्घर्ष गरिरहेको अवस्था थियो । त्यसैले पनि ओपनएआईले च्याटजीपीटी एजेन्टलाई अहिलेसम्मकै सबैभन्दा बढी र स्तरीय क्षमता भएको टुलका रूपमा चर्चा गरेको छ ।

 

 

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १२:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट