२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

क्रोम ओएस र एन्ड्रोइडलाई एक-आपसमा मर्ज गर्दै गुगल, ल्यापटप र मोबाइलमा अब एउटै अपरेटिङ सिस्टम

काठमाडौँ । गुगलले लामो समयदेखि चल्दै आएको चर्चा पुष्टि गर्दै आफ्ना दुई प्रमुख अपरेटिङ सिस्टम एन्ड्रोइड र क्रोमओएसलाई एउटै प्लेटफर्ममा गाभ्ने घोषणा गरेको छ । प्रविधिको दुनियाँमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षाका साथ कम्पनीले यी ओएसलाई एउटै प्लेटफर्ममा संयोजन गर्न लागेको हो ।

गुगलको एन्ड्रोइड इकोसिस्टमका अध्यक्ष समीर समतले हालै एक अन्तर्वार्तामा भनेका छन्, “हामी क्रोमओएस र एन्ड्रोइडलाई एउटै प्लेटफर्ममा संयोजन गर्न जाँदैछौं । र, म आजकल मानिसहरूले आफ्नो ल्यापटप कसरी प्रयोग गरिरहेका छन् र के काम गरिरहेका छन् भन्ने कुरामा निकै चासो राख्छु ।”

उनको भनाइले गुगलले प्रयोगकर्तालाई फोन, ट्याब्लेट र ल्यापटपमा समान र एकीकृत अनुभव दिन खोजेको संकेत गर्छ । यसअघि पनि गुगलले क्रोमओएसलाई एन्ड्रोइडमा गाभ्ने प्रयासका चर्चा चलेका थिए । तर कम्पनीले आधिकारिक रुपमा पुष्टि गरेको थिएन ।

पछिल्लो समय एन्ड्रोइडमा ठुला स्क्रिनका लागि विशेष फिचरहरू थपिएका छन् । जसमध्ये डेडिकेटेड डेस्कटप मोड, सुधारिएको विन्डो म्यानेजमेन्ट र विभिन्न स्क्रिन आकारका लागि एडभान्स्ड स्केलिङ सुविधा रहेका छन् । यी परिवर्तनले दुई सिस्टमलाई एउटै बनाउने रणनीतितर्फ संकेत गर्ने विश्लेषण गरिएको छ ।

यसबाहेक, “Snowy” कोडनेम रहेको नयाँ पिक्सेल ल्यापटपमा पनि गुगलले काम गरिरहेको चर्चा छ । यो प्रिमियम ल्यापटपले गुगलको उत्पादन इकोसिस्टमलाई थप विस्तार गर्ने र नयाँ एकीकृत अपरेटिङ सिस्टममा चल्ने विश्वास गरिएको छ ।

गुगलको यो निर्णयले डेभलपरहरूलाई एउटै प्लेटफर्मका लागि एप विकास गर्न सजिलो बनाउनेछ भने प्रयोगकर्ताले फोन, ट्याब्लेट र ल्यापटपमा समान अनुभव प्राप्त गर्नेछन् । यद्यपि, पूर्ण रूपमा कहिलेसम्म मर्जर सम्पन्न हुन्छ भन्ने विषयमा गुगलले विस्तृत जानकारी दिएको छैन ।

एन्ड्रोइड अथोरिटी सहयोगमा ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ ८:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट