२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

टिकटक लाइभमा आएर अभद्र तथा अश्लील गालीगलौज गर्ने युवती धनुषाबाट पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकको लाइभमा अभद्र तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ की २० वर्षीया रोशनी खातुन रहेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले आरोपित खातुनलाई आइतबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार खातुनले टिकटक लाइभमार्फत समाजमा नकारात्मक असर पार्ने किसिमका अपशब्द प्रयोग गरेकी थिइन् । उनको क्रियाकलापले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खातुनविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ ११:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट