२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

बाल अस्पताल निर्माणमा पठाओको साथ, किओचलाई १५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौँ । राइड हेलिङ कम्पनी पठाओ नेपालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बालबालिकाले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ कम्पनीले आर्थिक सहयोग गरेको हो । 

पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको हो । यसका लागि कम्पनीले ‘Ride for a Cause’ अभियान सञ्चालन गरेको थियो । यात्राबाट संकलित रकम काठमाडौँमा हालै आयोजित एक कार्यक्रमबिच किओचलाई हस्तान्तरण गरिएको हो ।

डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको किओच अस्पताललाई सहयोग गर्न पठाओ नेपालले २७ जेठदेखि २ असारसम्म उक्त अभियान सञ्चालन गरेको थियो । यस सहयोगले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका बालबालिकाको उपचारमा सहयोग पुग्ने पठाओ‌को विश्वास छ ।

पठाओले प्रविधि र आफ्ना सञ्जाल प्रयोग गरी किओचको सामाजिक उद्देश्यमा साथ दिएको जनाएको छ । यस पहलबाट बाल स्वास्थ्य, जनचेतना वृद्धि र भविष्यमा दीर्घकालीन सहकार्यको सम्भावना पनि देखिएको पठाओको भनाइ छ ।

डा. कोइरालाको अगुवाइमा सातै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि बढाइएको छ । हालसम्म कोशी प्रदेशको झापामा एउटा बाल अस्पताल निर्माण भइसकेको छ भने अब काठमाडौँसहित अन्य बाँकी प्रदेशहरूमा पनि बाल अस्पताल निर्माणको योजना राखिएको छ ।


 

पछिल्लो अध्यावधिक: असार २८, २०८२ ९:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट