२०८३ जेष्ठ २७ बुधबार
LATEST NEWS
२०८३ जेष्ठ २७ बुधबार

टेक्सास बाढी : केर काउन्टीमा अझै १६१ जना बेपत्ता

वासिङ्टन डीसी– अमेरिकाको टेक्सासमा बाढी आएको यतिका दिन बितिसक्दा पनि त्यहाँको एउटै काउन्टीमा अझै १६१ जना बेपत्ता छन्। 

अचानक आएको विनाशकारी बाढीले गएको हप्ता राज्यमा वितण्डा मच्चाएको थियो।

केर काउन्टीमा बेपत्ता हुनेमा समर क्याम्पका लागि भनेर गएका पाँच जना क्याम्पर र एक काउन्सलर पनि छन्। बाढीका कारण राज्यभरमा कम्तीमा पनि १०९ जनाको मृत्यु भएको छ।

यीमध्ये ९४ जना केर्भिल काउन्टीका भएको राज्यका गभर्नर ग्रेग अबोटले भनेका छन्। टेक्ससमा मात्रै होइन गएको हप्ता नयाँ मेक्सिकोमा पनि अचानक बाढी आएको थियो।

उद्धारकर्मीहरूले बेपत्ताको खोजी कार्य तीव्र पारेका छन्। बेपत्ताहरू नभेटिएसम्म आकस्मिक टोलीका सदस्य नरोकिने उनले भनेका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट