२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

आन्दोलनरत चिकित्सकसँग संवाद : ६ बजे फेरि तीन मन्त्रीसहित बस्नेगरी बैठक स्थगित

काठमाडौं- नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ। मंगलबार  दिउसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ। 

बेलुकी ६ बजे  तीन जना मन्त्रीसहित बस्नेगरी स्थगित भएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई  बोलाइएको थियो। 

डाक्टरहरुको आन्दोलन र उनीहरुले उठाएका मागका विषयमा मन्त्रालयमा तीन मन्त्रीको छलफलपछि चिकित्सक संघसँग स्वास्थ्य र कानुन मन्त्रीले छलफल गरेका थिए। 

प्रतिनिधि सभामा जानुपर्ने भएकाले उद्योगमन्त्री भण्डारी निस्किएका थिए। संवाद सकारात्मक दिशामा अघि बढेको बताइएको छ। मंगलबार बेलुकी नै सहमति गर्नेगरी दुवै पक्षले छलफल गर्ने तयारी गरेका छन्। 

उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन्। चिकित्सकहरुले सोमबारदेखि आकस्मिक बाहेकका सेवा समेत बन्द गरेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट