२०८२ भाद्र ७ शनिबार
२०८२ भाद्र ७ शनिबार

काठमाडौं–  नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकापा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो ।

अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण समय दिने तयारी गरेको हो। उनलाई १ हप्ताको समय दिइने छ । उक्त अवधिमा चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशन गरिने चेतावनी दिइएको छ । 

नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको  बताए ।

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए । तर, अध्यक्षमाथि बोल्नै नहुने कुरो बोलेको भन्दै यसले पार्टीमा अराजकता बढ्ने जसले जे मन लागो त्यही गर्ने नजिर बस्ने भएकाले आत्मालोचनासहितको जवाफ आउँछ आउँदैन ? केही दिन कुर्ने निचोड निकालिएको छ ।

लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले श्रमिकको न्यूनतम पारिश्रमिक प्रतिमहिना ३० हजार ४ सय ४३ हुनुपर्ने माग गरेको छ । वैज्ञानिक, तुलनात्मक तथा व्यवहारिक आधारमा श्रमिकको पारिश्रमिक पुनरावलोकन गर्दा सो रकम तय हुनुपर्ने केन्द्रको माग हो ।
नेपालका ट्रेड यूनियनहरुको साझा संस्था जेटीयूसीसीले आज(मंगलवार) पत्रकार सम्मेलन गर्दै देशका विभिन्न जिल्लाहरुमा गरिएको अध्ययनका आधारमा खाद्यान्न र गैरखाद्यान्न खर्चको आधारमा एउटा श्रमिकको परिवार पाल्न मासिक रुपमा ३० हजार भन्दा बढी खर्च हुने जनाएको छ ।
माग पुरा गराउन आगामी असार २६ गतेदेखि केन्द्रले देशव्यापी दवामूलक कार्यक्रमहरु आयोजना गर्दैछ । यसका लागि काठमाडौंमा संयुक्त प्रदर्शन, सातै प्रदेशमा संयुक्त प्रदर्शन र ज्ञापन पत्र पेश गर्ने, औद्योगिक करिडोरहरुमा श्रमिक र्याली र सभा आयोजना गर्ने तथा यदि त्रिपक्षिय बैठकमा सकारात्मक निर्णय नभएमा राष्ट्रिय आमहड्ताल सहितको चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरिने केन्द्रको योजना छ ।
केन्द्रका अध्यक्ष जगत बहादुर सिंखडाले आगामी साउन देखि न्यूनतम ज्याला पुनरावलोकन हुनुपर्ने कानुनी व्यवस्था भएपनि हालसम्म केवल नाम मात्रको छलफल भइरहेको बताए । उनले हालसम्मको छलफलमा रोजगारदाताहरुका तर्फबाट यतिसम्म बृद्धि गर्न तयार छौं भन्ने कुनै रकम प्रस्ताव नगरिएको भन्दै श्रमिकको जीवन जिउन पुग्ने ज्याला दिइनुपर्ने बताए । श्रम ऐन, २०७४ अनुसार हरेक दुई बर्षमा न्यूनतम ज्याला पुनरावलोकन हुनुपर्दछ । २०८० सालमा श्रमिकको न्यूनतम ज्याला १७ हजार ३ सय सय भएकोमा आगामी आर्थिक बर्षदेखि लागु हुनेगरी त्यसमा पुनरावलोकन हुनु पर्दछ । न्यूनतम ज्याला पुनरावलोकनका लागि सरकारले गठन गरेको समितिमा ट्रेड यूनियनहरुका तर्फबाट तीनवटा ठूला महासंघहरु, जिफन्ट, एनटीयूसी र अण्टुफका प्रतिनिधिहरु, रोजगारदाता संस्थाहरुको तर्फबाट महासंघहरुका प्रतिनिधिहरु तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि सहभागि छन् । समितिको बैठक यस अगाडी निक्कै पटक बसिसकेपनि न्यूनतम ज्यालाको विषयमा सहमति भइसकेको छैन ।
जेटीयूसीसीले पछिल्लो दुई बर्षमा भएको मुद्रास्फ्रीति, उपभोग्य वस्तुको मूल्यवृद्धि र आवास तथा स्वास्थ्य सेवाको खर्चमा भएको तीब्र वृद्धिले श्रमिकको जीवनस्तर निक्कै प्रभावित भएको जनाएको छ । आइएलओको परिभाषा अनुसार श्रमिकले आफ्नो र आफ्नो परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी पारिश्रमिक पाउनु उसको मानवअधिकार हो । मुलुकभित्रै जीवन जीउन पुग्ने ज्याला नभएका कारण नेपाली युवा रोजगारीका लागि बर्षेनी लाखौंको संख्यामा विदेश जाने गरेका छन् ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं- उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले तीन बुँदे सहमति गरेको छ। चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) लगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए।

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसिया सहभागी थिए।

विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ। 


कार्यदल संयोजकमा  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख रहेका छन्। सदस्यमा  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहनेछन्। 

कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोही अनुसार कार्यान्वयन गर्ने  भनिएको छ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लगायतकाविद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमानेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्बान्तिक सहमति लिने र फाष्टट्रयाकबाट कानून संशोधनको लागियथाशिघ्र प्रकृया अगाडि बढाउने भनिएको छ। 

सहमतिपछि  नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संघ संस्थाहरुले सबै किसिमका आन्दोलनहरु आजैका मितिदेखि स्थगन गरी नियमित सेवा सुचारु गर्ने उल्लेख छ। 

 


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । ‘द नेचर ट्रेल्स’ नामक टिकटक अकाउन्टबाट केही दिनअघि एउटा भिडिओ पोस्ट भयो, जसको क्याप्सनमा ‘Yeti Revealed’ अर्थात् ‘यतिको खुलासा’ लेखिएको थियो । भिडिओमा एक प्रस्तोता भन्छिन्, “यतिको नामले सामाजिक सञ्जालमा चर्चित व्यक्ति को हुन्, हेर्नुहोस् ।”

त्यसपछि यति पात्र बोल्न थाल्छ, “नमस्ते सबैलाई । मेरो नाम छिरिङ हो । मेरो घर सङ्खुवासभा हो । सबैले मलाई यति भन्छन् ।”

लगत्तै यतिको भेषमा रहेका ती व्यक्तिले आफ्नो मुकुट खोल्छन् र भन्छन्, “तर, त्यस्तो केही होइन । वास्तवमा म एउटा भिडिओ बनाउने कम्पनीमा काम गर्छु ।”

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ १४ लाखभन्दा बढी पटक हेरिएको छ । त्यसमा झन्डै ८२ हजार लाइक, ८०० भन्दा बढी कमेन्ट र ५४०० भन्दा बढी शेयर भएको देखिन्छ । अधिकांश कमेन्ट अस्मिता, सुस्मिता, सुनिता, अनिता, सिर्जना, कल्पना, सीता जस्ता नाम भएका युवतीहरूले गरेका छन् ।

उनीहरूले कमेन्ट गर्नुको कारण थियो- यति पात्रले बारम्बार उनीहरूको नाम लिएर भिडिओ बनाउनु । कमेन्ट सेक्सनमा ‘मेरो नाम लिने मान्छे यिनी पो रहेछन् ?’, ‘अबदेखि मेरो नाम नलिनू है !’, ‘किन सबै भिडिओमा मेरो नाम लिन्छौ ?’ जस्ता प्रतिक्रिया थिए । केहीले सङ्खुवासभा घर भनेकाले ‘मेरै गाउँको रहेछ’ भनेर पनि लेखेका छन् । 

यसले भिडिओलाई लिएर अधिकांश प्रयोगकर्ता भ्रममा परेको भन्ने देखाउँछ । वास्तवमा त्यसअघि सामाजिक सञ्जालमा यतिले माथि उल्लेख गरिएका युवतीको नाम बारम्बार लिएर बनाइएका भिडिओ क्लिप भाइरल बनेका थिए । त्यसैलाई जोडेर कतिपयले यति बनेर आफ्नो नाम लिने व्यक्ति ‘यो’ रहेछ भन्ने अड्कल काटे र, त्यसो नगर्न सुझाव दिए ।

यो भ्रमको पछाडि गुगलको नयाँ प्रविधिको भूमिका छ । गुगलले २० मेमा ‘भिओ थ्री’ (VEO 3) नामक एआई टुल सार्वजनिक गर्‍यो, जसले शब्दमा लेखेर दिएको निर्देशनको भरमा आवाजसहितको साँच्चिकै जस्तो लाग्ने भिडिओ बनाइ दिन्छ । सुरुमा अमेरिकाका सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो टुल पछि सस्तो मूल्य र एक महिनाको निःशुल्क परीक्षणका लागि पनि खुला गरियो ।

त्यसपछि डलर कार्ड वा अन्तर्राष्ट्रिय भुक्तानीको सुविधा भएका नेपाली प्रयोगकर्ताले पनि यो प्रविधि प्रयोग गरेर भिडिओ बनाउन थाले । विशेषगरी नेपालको हिमाली भेगमा पाइने विश्वास गरिएको मिथकीय प्राणी ‘यति’सँग सम्बन्धित भिडिओ धेरै बने र रुचाइए । स्पष्ट नेपाली लवज र उच्चारणका कारण ती भिडिओ सक्कली जस्तै देखिए । केहीले भने त्यही टुल प्रयोग गरेर यतिले अपाच्य, छाडा र अश्लील अर्थ लाग्ने विषय बोलेको देखाए । 

यस्तै एआईबाट बनाइएका वृद्ध नेपाली महिलाले अङ्ग्रेजीमा भ्लग  बनाएका भिडिओ पनि भाइरल भए । एआईबारे जानकारी नभएका सामान्य प्रयोगकर्ताले ती भिडिओलाई साँच्चिकै ठाने र आफ्नो अङ्ग्रेजी कमजोर भएकोमा पछुतो गरे । पानी पर्दा सडकका खाल्डोमा मानिस र गाडी खसेका भिडिओ पनि यसैगरी भाइरल भए ।

केही प्रयोगकर्ताले यी भिडिओ एआईले बनाएको हो भनेर चिनेको भए पनि अधिकांशले भने तिनलाई वास्तविक नै ठानेका छन् । सामाजिक सञ्जाल प्लेटफर्मले एआई निर्मित सामग्री (फोटो, भिडिओ, टेक्स्ट) मा एआईले बनाएको अर्थ लाग्ने लेबल ‘AI Info’ लगाउने सुविधा दिएका छन् । त्यस्तै क्याप्सन र कमेन्टमा पनि भिडिओको वास्तविकता खुलाउने सुविधा हुन्छ । 

तर, नेपालका सन्दर्भमा सामाजिक सञ्जालमा भ्रम फैलाउने मनसायले एआई ट्याग लगाउने विषय त परै जाओस्, कसैले कमेन्टमा ‘एआईले बनाएको हो’ भनेको छ भने पनि त्यसलाई प्रतिकार गरेर वास्तविक हो भनेर उल्टै झुटो दाबी गरिएका छन् । अर्थात यस्ता भिडिओ बनाउने क्रियटरले रिच, लाइक, कमेन्ट, शेयर र फलोअर पाउने लोभले जानाजान भ्रम फैलाइरहेका छन् । 

भिडिओको वास्तविकता बुझ्ने केही प्रयोगकर्ताले मनोरञ्जनका लागि पनि भिडिओ वास्तविक नै भएको जसरी कमेन्ट लेख्ने गरेका छन् । यसले गर्दा भिडिओको वास्तविकता नबुझ्ने प्रयोगकर्तालाई एआई निर्मित सामग्री वास्तविक नै हो भन्ने भ्रम परेको देखिन्छ । 

त्यसो भए कसरी छुट्याउने एआई निर्मित सामग्री ? भिडिओ वा अडियो एआई सिर्जित हो वा होइन भन्ने पत्ता लगाउने तरिका बारे आज हामी तपाईँलाई बताउँदै छौँ । 

कसरी छुट्याउने एआई-सिर्जित भिडिओ ?

एआईले भिडिओ तयार पार्ने प्रविधिमा ठुलो प्रगति गरे पनि मानव व्यवहारको सूक्ष्मता र भौतिक विज्ञानका नियमलाई पूर्ण रूपमा नक्कल गर्न अझै सङ्घर्ष गरिरहेको छ । यहाँ केही महत्त्वपूर्ण सङ्केतहरू छन्, जसले एआई-सिर्जित भिडिओलाई वास्तविक भिडिओबाट छुट्याउन मद्दत गर्छ ।

१. आँखाको अनौठो चाल 

मानिसको आँखाको चाल निकै जटिल हुन्छ । वास्तविक मानिसहरूले कुरा गर्दा, वरपर हेर्दा वा सोच्दा स्वाभाविक रूपमा आफ्ना आँखा यताउति घुमाउँछन्, झिम्क्याउँछन् र एकै ठाउँमा केन्द्रित गर्छन् । एआई-सिर्जित भिडिओमा भने यो स्वाभाविक चाल हराउन सक्छ । तपाईँले भिडिओमा देखिने पात्रको आँखाको चालमा अनियमितता, अप्राकृतिक स्थिरपन वा असङ्गति भेट्‍टाउन सक्नुहुन्छ । कहिलेकाहीँ तिनीहरूले आँखा सामान्य भन्दा कम वा बढी झिम्क्याउन सक्छन् वा आँखाको नानी स्थिर देखिन सक्छ । 

यो एआई भिडिओ पत्ता लगाउने सबैभन्दा सजिलो तरिकामध्ये एक हो । तर, तपाईँलाई आँखाको चाल स्वभाविक लाग्यो भन्दैमा वास्तविक भिडिओ नै हो भन्ने पनि हुँदैन । आँखाको चालसँगै अन्य पक्षको पनि विश्लेषण गर्नुपर्ने हुन्छ । 

२) अजीव भिडिओ भाइब्स र ‘अनक्यानी भ्याली’ 

जापानी रोबोटिक्सका वैज्ञानिक मासाहिरो मोरीले सन् १९७० को दशकमा अनक्यानी भ्याली (Uncanny Valley) को अवधारणा प्रस्तुत गरेका थिए । उनले के पत्ता लगाए भने ‘जब रोबोटहरू मानिस जस्तै देखिन थाल्छन्, तब मानिसहरू तिनीहरूसँग सहज महसुस गर्न थाल्छन् । तर जब तिनीहरू वास्तविक मानिससँग निकै नजिक तर पूर्ण रूपमा समान हुँदैनन्, त्यतिबेला मानिसले असहज वा डरलाग्दो महसुस गर्ने गर्छन् ।

यसरी एक्कासी सहजतामा आउने गिरावटलाई ‘अनक्यानी भ्याली’ भनिन्छ । एआई-निर्मित भिडिओमा पनि यस्तै अनुभूति हुन सक्छ । एआई क्यारेक्टरको अनुहारमा विशेष गरी आँखामा, कहिलेकाहीँ यस्तो असहजता वा विकृति देखिन्छ, जुन हेर्दा डरलाग्दो वा अस्वाभाविक लाग्न सक्छ । 

उदाहरणका लागि कुनै भिडिओमा एक व्यक्तिले फराकिलो मुस्कान दिएको देखिन्छ, तर अनुहारको बाँकी भाग, विशेष गरी आँखा, स्थिर नलाग्ने र डर अनुभव गरिरहेको जस्तो हुन सक्छ । यस्तो कुरा तपाईँको आफ्नै अनुभूति र महसुसमा पनि भर पर्छ । यदि तपाईँलाई केही अस्वाभाविक लागिरहेको छ भने त्यो सामग्री एआईले बनाएको हुन सक्छ ।

३) हातमा ध्यान दिने 

‘हात’ एआई भिडिओ पत्ता लगाउने अर्को महत्त्वपूर्ण माध्यम हो । मानव हात र औँलाको चाल, अन्तरक्रिया र उपस्थिति जटिल तथा परिवर्तनशील किसिमको हुन्छ । यी चाल अवस्था अनुसार फरक फरक हुने भएकाले एआईलाई नक्कल गर्न गाह्रो हुन्छ । 

एआई-निर्मित भिडिओमा हातमा धेरै वा थोरै औँला देखिन सक्छन् वा तिनीहरूको आकार अजीब हुन सक्छ । औँलाको चाल पनि अप्राकृतिक देखिन सक्छ । कहिलेकाहीँ बोलिरहेको पात्रको शारीरिक हाउभाउ उ बोल्ने शब्दसँग मेल नखाएको, औँला एकअर्कामा मिसिएको वा असम्भव तरिकाले रूप परिवर्तन गरेको देख्न सकिन्छ । 

यसबाट पनि भिडिओ एआई सिर्जित हो वा होइन भनेर छुट्याउन सकिन्छ । भिडिओका केही फ्रेममा औँला स्वभाविक र प्राकृतिक देखिन सक्छन् । तर, यसलाई विश्लेषण गर्दा सबै फ्रेमहरू एक एक गरी हेर्नु आवश्यक हुन्छ । 

४) अर्थहीन काम 

वास्तविक जीवनमा मानिसले पेन टोक्ने, चस्मा मिलाउने वा आफ्नो पाखुरा कन्याउने जस्ता अनगिन्ती अर्थहीन काम गर्छन् । यी सामान्य र अपेक्षित व्यवहार हुन्, जसलाई अङ्ग्रेजीमा ‘एडप्टर्स’ भनिन्छ । यी प्रायः अवचेतन रूपमा देखिने बानी हुन् । यस्ता बानीले मानिसलाई डर, तनाव वा असहज महसुस कम गर्न र ध्यान केन्द्रित गर्न सहयोग गर्छन् । 

एआई-निर्मित भिडिओमा भने यस्ता ‘एडप्टर्स’ को अभाव हुन सक्छ । यसले गर्दा पात्रलाई अस्वाभाविक रूपमा स्थिर वा रोबोटिक देखाउँछ । एआईलाई यस्ता सूक्ष्म, अवचेतन कामको नक्कल गर्न कठिन हुने भएकाले ती भिडिओमा क्यारेक्टरको हाउभाउ ‘अस्वाभाविक’ देखिन्छ । यसबाट पनि भिडिओलाई एआई-निर्मित हो कि भनेर शङ्का गर्न सकिन्छ ।

५) वस्तु एकअर्काबाट पार भएको देखिन सक्छ 

दुई ओटा ठोस वस्तुहरू एउटै समयमा एउटै स्थानमा रहन सक्दैनन्, किनभने उनीहरूको भौतिक अस्तित्व एकअर्कासँग ठोक्किन्छ । यो विज्ञानको सामान्य नियम हो ।

यदि तपाईँले भिडिओमा वस्तु वा शरीरका भागहरू पर्खाल, फर्निचर वा अरू मानिसबाट पार भइरहेको देख्नुभयो भने त्यो भूत नभई एआई-निर्मित भिडिओ हुन सक्छ । उदाहरणका लागि भिडिओमा कसैको हात बक्सबाट पार भएको देखिन सक्छ, आकाशमा चरा एकाएक बिलाउन सक्छ । जुन स्पष्ट रूपमा एआईले बनाएको सङ्केत हो ।

६) गुरुत्वाकर्षण र संवेगको उल्लङ्घन 

गुरुत्वाकर्षण र संवेगले वस्तु कसरी चल्छ भन्ने निर्धारण गर्छन् । जब कुनै व्यक्ति वा वस्तु उफ्रन्छ, त्यसले एउटा अनुमानित पथ (चाप) बनाउँछ र निश्चित समयमा अवतरण गर्छ । यदि कुनै वस्तु अप्राकृतिक रूपमा तैरिरहेको देखियो, सतहमा धेरै सजिलै चलिरहेको पाइयो वा खसिरहेको वस्तु कुनै भौतिक कारणबिना हावामा सुस्त भयो भने तपाईँ सम्भवतः एआई-सिर्जित फुटेज हेर्दै हुनुहुन्छ । 

७) वस्तु र मानिसको अन्तरक्रिया 

एआई-निर्मित भिडिओमा मानिस वा दृश्यका अन्य तत्वसँग प्रायः वस्तुले स्वाभाविक रूपमा अन्तरक्रिया गर्न नसक्ने देखिन्छ । एआईलाई वास्तविक जीवनमा देखिने कारण र परिणाम (cause-and-effect) को सम्बन्धलाई सही रूपमा नक्कल गर्न गाह्रो हुने भएकाले यस्तो अवस्था आउँछ । 

उदाहरणका लागि खाना खाने दृश्यमा काँटा मुखभित्र स्वाभाविक रूपमा जाँदैछ कि छैन, खाना कडा, बनावटी वा अस्वाभाविक देखिन्छ कि भन्ने जस्ता विवरणमा ध्यान दिनुहोस् । यस्ता त्रुटिले सिनलाई कृत्रिम बनाउँछ । वास्तविक जीवनमा वस्तु र मानिसबिचको अन्तरक्रिया सहज, विश्वसनीय र प्रतिक्रियात्मक हुन्छ । तर एआईले बनाएको भिडिओमा, वस्तुहरू प्रायः छुट्‍टाछुट्‍टै संसारका भाग झैँ देखिन्छन्, जसले वास्तविकताको अनुभूति दिँदैन ।

८) ‘मोर्फिङ’ वा आकार परिवर्तन 

एआईले कहिलेकाहीँ मानिसले समातेको वस्तु ठिकसँग देखाउन सक्दैन । एआईले हात वा शरीरमा भएको वस्तु छुट्याउन गाह्रो मान्ने भएकाले नै यस्तो हुन्छ । जब वस्तु हातसँग मिलेको जस्तो देखिन्छ, एआईले त्यो वस्तुलाई शरीरकै भाग जस्तो बनाएर आकार बदलिदिन्छ । वस्तु चलिरहेको छ वा अलिकति लुकेको छ भने यस्तो अवस्था देख्न सकिन्छ । 

एआईले अनुहार र शरीरमा बढी ध्यान दिन्छ, तर हातमा समातिएका चिजमा त्यति राम्रो काम गर्न सक्दैन । त्यसैले कहिलेकाहीँ समातिएका वस्तु विकृत, पग्लिएको वा अवास्तविक देखिन्छन् । यिनै कुरालाई आधार मानेर भिडिओ एआईले बनाएको हो वा होइन भन्ने छट्याउन सकिन्छ । 

अहिले बजारमा उपलब्ध एआई भिडिओ बनाउने टुलमा यस्तै किसिमका कमजोरी छन् । दिनानुदिन अत्याधुनिक हुँदै गएका यस्ता टुलले भोलि यो कमजोरी सुधार्न सक्छन् । तर, अबको केही समयसम्म यस्ता कमजोरी पहिचान गरेर भिडिओ एआईले बनाएको हो वा होइन भनी छुट्याउन भने सकिन्छ । 

९) ओठको चाल 

हाम्रो कान र आँखा मिलेर काम गर्छन् । हामीले सुनेका र देखेका कुरा दिमागले जोडेर बुझ्छ । त्यसैले कसैले बोल्दा ओठको चाल देखिन्छ र हामीलाई उसले के भनेको हो भन्ने बुझ्न सजिलो हुन्छ ।

उदाहरणका लागि लिप सिङ्क (आवाज र औठको चाल) एक सेकेन्डको दसौँ भाग मात्रैले फरक छ भने पनि सजिलै देखिन्छ । कहिलेकाहीँ लिपसिंक नमिलेका भिडिओ झट्‍ट हेर्दा हामीलाई अस्वाभाविक लाग्छ ।

त्यसैलाई आधार मान्ने हो भने पनि एआईले बनाएको भिडिओ चिन्न सजिलो हुन्छ । भिडिओमा बोल्दाको आवाज र ओठको चाल मेल नखाएको जस्तो लागेमा त्यो एआईले बनाएको हुन सक्छ ।

एआईले बनाएको अडियो कसरी छुट्याउने ?

एआईबाट तयार पारिएको आवाज पहिले सजिलै छट्याउन सकिन्थ्यो । खासगरी मानव जस्तै देखिने रोबोटबाट निस्किने आवाजलाई हामी सरल ढङ्गले एआई निर्मित हो भन्न सक्थ्यौँ । आवाज एआईले बनाएको हो भनेर चिनाउन पनि पहिले वास्तविक आवाजका प्राविधिक पक्ष तोडमोड गरी कठोर र अप्राकृतिक किसिमको बनाइन्थ्यो । 

त्यतिबेला एआईले बनाएकै अडियोको पनि गति ठिक हुँदैनथ्यो । मानिसको वास्तविक स्वरमा जुन किसिमको माधुर्य वा भावना हुन्थ्यो, त्यसको कमी रहन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन । एआई निर्मित पडकास्ट र भिडिओमा आवाज शङ्का गर्नै नसकिनेगरी परिष्कृत भएको छ । 

केही आवाज त यति विश्वासिलो लाग्छन् कि तिनीहरूले सामान्य श्रोतालाई झुक्याउन सक्छन् । यद्यपि जतिसुकै अत्याधुनिक भए पनि एआईलाई अझै वास्तविक मानव बोलीको जटिलतासँग पूर्ण रूपमा मेल खान सङ्घर्ष गर्नैपर्छ । त्यसैले अझै पनि कुनै पनि अडियो वा आवाजलाई विभिन्न पक्षबाट नियालेर वास्तविक हो वा एआई सिर्जित हो भन्ने पहिचान गर्न सकिन्छ । त्यसका प्रमुख तरिकाबारे यहाँ चर्चा गरिएको छ ।

१) आवाजको गुणस्तर र मौलिकता 

एआईले तयार पारेका आवाजमा धेरै कुरा सुधार भएको छ । अहिलेका एआई आवाज धेरै नै सहज, स्पष्ट र प्रभावशाली भएर मान्छेले बोकेको जस्तै सुनिन्छ । ‘पडकास्टल’ र ‘नोटबुकएलएम’ जस्ता एप प्रयोग गरेर जोकोहीले पनि सामान्य कुरा गरे जस्तो लाग्ने एआई आवाज बनाउन सक्छ । 

तर, प्रविधि जति अगाडि पुगे पनि एआई आवाज र वास्तविक मान्छेको आवाज छुट्याउने केही साना सङ्केत भने सधैँ भेटिन्छन् । यसमा आवाजको गुणस्तर र त्यो कति प्राकृतिक सुनिएको छ भन्ने पक्ष विश्लेषण गरि वास्तविक हो कि होइन भन्ने छुट्याउने आधार हुन सक्छ ।

२) सूक्ष्म सङ्केत 

मानव बोलीमा हुने स्वाभाविक उतारचढाव र लय एआई आवाजमा हराउन सक्छ । वाक्य बीचको विराम, शब्दको जोड वा समग्र प्रवाह अप्राकृतिक लाग्न सक्छ ।

केही विशिष्ट शब्दहरू वा अक्षरहरूको उच्चारणमा एआईलाई समस्या हुन सक्छ । केही शब्द अस्पष्ट वा अस्वाभाविक रूपमा उच्चारित हुन सक्छन् । बीचमा तपाईँले कहिल्यै नसुनेको शब्द एआईले उच्चारण गर्न सक्छ । प्रायः प्रयोगमा नआएका शब्दहरू अडियोमा बढी प्रयोग भएका छन् भने त्यसलाई एआई निर्मित हो भनेर शङ्का गर्न सकिन्छ ।

एआईले खुसी, रिस, दुःख जस्ता मुख्य भावना नक्कल गर्न सक्छ । तर यसलाई सानो भावनात्मक फेरबदल, गहिरो भावना वा बोलेका शब्द र भित्रको भावनाबिचको असली सम्बन्ध देखाउन गाह्रो हुन्छ । मानिसको आवाजमा हुने भावना र अभिव्यक्ति एआईको आवाजमा प्रायः कमजोर हुन्छ ।

भिडिओ जस्तै अडियोमा पनि ‘अनक्यानी भ्याली’ को अनुभूति हुन सक्छ । यदि आवाज सुन्दा ठिकै भए पनि केही अस्वाभाविक वा असहज महसुस लागेमा त्यो एआई सिर्जित हुन सक्छ ।

एआई अडियो र भिडिओ छट्याउने टुलहरू

मानव विश्लेषणबाट पनि कहिलेकाहीँ एआई सिर्जित अडियो वा भिडिओ पहिचान नहुन सक्छन् । वा, शङ्का लागेकै भरमा कसरी भिडिओ र अडियोलाई एआई सिर्जित ठहर्‍याउने भन्ने प्रश्न पनि आउन सक्छ । माथि चर्चा गरिएका विभिन्न पक्षबाट पनि मान्छेको विवेकले भिडिओ वास्तविक ठान्न सक्छ । यस्तोमा एआई सिर्जित अडियो र भिडिओ पत्ता लगाउने टुल उपयोगी हुन सक्छन् । 

एआई सिर्जित फोटो पत्ता लगाउन हाइभ मोडरेसन, साइट इन्जिन, वाज इट एआई एआई अर नट जस्ता टुल प्रयोग गर्न सकिन्छ । त्यस्तै एआई सिर्जित भिडिओ र अडियो पत्ता लगाउन डिपवेयर हाइभ मोडरेसन जस्ता टुलहरू उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १६:०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–  सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो ।

सहमति अनुसार, संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो ।

उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राखेको चिकित्सकहरूले राखेका थिए ।

केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधनको सुझावका लागि तीन सदस्यीय कार्यदल बनेको छ। कार्यदल संयोजकमा  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख रहेका छन्। सदस्यमा  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहनेछन्। 

कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोही अनुसार कार्यान्वयन गर्ने  भनिएको छ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लगायतकाविद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्बान्तिक सहमति लिने र फाष्टट्रयाकबाट कानून संशोधनको लागियथाशिघ्र प्रकृया अगाडि बढाउने भनिएको छ। 

उक्त ऐन अन्तर्गत बनेको उपभोक्ता अदालतले अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसाल गरेपछि चिकित्सकहरु आन्दोलित भएका थिए। 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । रसुवा नाका नजिकै बाढीको पूर्वसूचना दिन प्रयोग हुने उपकरण पछिल्लो तीन महिनादेखि बन्द रहेको पाइएको छ । नेपाल-चीन सिमानास्थित टिमुरे बाढी मापन केन्द्र सञ्चालनमै नरहेको खुलेको हो ।

सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीको मापन गर्न तीन ओटा केन्द्र तोकिएका छन् । जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार रसुवा नाकादेखि धादिङको विदुरसम्म (भोटेकोशी हुँदै त्रिशूली नदीको बहाव क्षेत्रभित्र) बाढी मापन केन्द्रहरू रहेका छन् । तीमध्ये सोमबार राति स्याफ्रुबेशी र बेत्रावतीस्थित मापन केन्द्र मात्र सञ्चालनमा थिए ।

 

स्याफ्रुबेशीमा रहेको उपकरण रसुवा नाकाबाट करिब १३ किलोमिटर तल पर्छ । सो उपकरणले पानीको सतह ५.५० मिटर पुगेपछि चेतावनी दिने प्रणाली रहेको छ । सोमबार राति ३:३० बजे पानीको सतह ५.३७१ मिटर पुगेको मापन भएपछि त्यसपछिको सूचना भने प्राप्त हुन सकेन ।

पराजुलीका अनुसार बाढी मापन उपकरणले प्रत्येक १० मिनेटमा सूचना पठाउने गर्छ । तर, सोमबार राति भोटेकोशीमा पानीको सतह एक्कासि बढ्दा उपकरण नै बगाएको हुँदा पूर्वसूचना दिन नसकेको उनले बताए । बाढी मापन उपकरणहरू सामान्यतः पुलको उचाइमा जडान गरिने भएकाले ठुलो बाढी आउँदा ती उपकरण बग्ने सम्भावना उच्च हुने उनले स्पष्ट पारे । 

“यदि टिमुरेको केन्द्र सञ्चालनमा रहेको भए स्याफ्रुबेशीको तुलनामा ५ मिनेटअघि नै सतर्कता सूचना दिन सकिन्थ्यो,” उनले थपे ।

हाल बाढी मापनका लागि सक्रिय केन्द्रमध्ये बेत्रावती केन्द्र मात्र नाकाभन्दा झण्डै ६३ किलोमिटर तल अवस्थित छ । बाढीपछि त्यहाँ पानीको सतह उच्च भएपछि विभागले स्थानीय बासिन्दालाई एसएमएसमार्फत सूचना दिएको थियो ।

देशभर बाढी मापनका लागि विभागअन्तर्गत २०० केन्द्र छन् । तीमध्ये हाल १७५ ओटा केन्द्रबाट नियमित सूचना प्रवाह भइरहेको छ । बाँकी २५ केन्द्र विभिन्न प्राविधिक समस्याका कारण सञ्चालनमा नरहेको पराजुलीले जानकारी दिए ।

“केही उपकरण चोरी र तोडफोड हुने गरेका छन्,” उनले भने, “रिमोट क्षेत्रमा सोलार प्यानलसमेत हराउने समस्या छ । केही उपकरणहरू भने प्राविधिक कारणले बन्द छन् ।”

उनका अनुसार यी मापन प्रणालीको मर्मत तथा सञ्चालन निजी कम्पनीमार्फत ठेक्कामा गरिएको हो । “मनसुन सुरु भइसकेकाले तत्काल मर्मतका लागि विभाग सक्रिय हुँदैछ,” पराजुलीले भने ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १६:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । 

चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् ।

सेनाका अधिकारीहरुले भने ‘प्राविधिक कारण’ हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको र छिट्टै फर्किने बताएका छन् ।

बाढीबाट चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको बताइएको छ । तर पूर्वअनुमतिबिना हेलिकोप्टर आएको भन्दै चिनियाँ पक्षले ‘फोर्स ल्याण्डिङ’ गराएका हुन् । 

यसबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्राल, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सक समक्ष सरकारले सहमतिका लागि तीन बुँदे प्रस्ताव अघि सारेको छ। छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)सँगको प्रारम्भिक छलफलपछि सहमतिका लागि प्रस्ताव अघि सारेको हो।

उक्त प्रस्तावलाई लिएर एनएमएका पदाधिकारीहरु आन्तरिक छलफलमा छन्। केही बुँदामा संशोधन आवश्यक रहेको उनीहरुको भनाइ छ। 

यस्ता छन् प्रस्तावहरुः-    
1.    विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी तपसिल बमोजिमको कार्यदल गठन गर्नेः

संयोजक –महाशाखा प्रमुख, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
सदस्य –सहसचिवस्तर प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सदस्य–  सहसचिवस्तर प्रतिनिधी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

2.    कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना माननीय मन्त्रिज्यूहरु र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोहि अनुसार कार्यान्वयन गर्ने,“उपभोक्ता संरक्षण ऐन, २०७५” लगायतकाविद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ७ दिन भित्रमानेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्बान्तिक सहमति लिने र फाष्टट्रयाकबाट कानून संशोधनको लागियथाशिघ्र प्रकृया अगाडि बढाउने। 

3.    नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संघ संस्थाहरुले सबै किसिमका आन्दोलनहरु आजैका मितिदेखि स्थगन गरी नियमित सेवा सुचारु गर्ने।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्न र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका लागि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) र नेपाल चेम्बर अफ कमर्सको सूचना प्रविधि समितिबिच दुई पक्षीय समझदारी (एमओयू) भएको छ । नेपालको आईटी उद्योगमा दिगो र सहयोगात्मक इकोसिस्टम प्रवर्द्धन गर्ने उद्देश्यका यो सहकार्य सुरु भएको हो ।

एम‌ओयू अन्तर्गत दुवै संस्थाले नेपाल सरकारसँग रचनात्मक नीतिगत संवादमा संलग्न भई संयुक्त आईटी नीति सिफारिस गर्नेछन् । यस्तै नेपालको आईटी उद्योगमा स्वदेशी र विदेशी लगानी आकर्षित गर्दै नेपाललाई दक्षिण एसियामा एक व्यवहार्य प्रविधि गन्तव्यको रूपमा स्थापित गर्ने समेत लक्ष्य राखिएको छ ।

दुवै संस्थाहरूले हरेक छ महिनामा आईटी भेटघाट र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्नेछन् । यसका साथै, आपसी ब्रान्डिङ र सदस्यता प्रवर्द्धनलाई पनि जोड दिइनेछ ।

रणनीतिक साझेदारीको रूपमा भएको यो सम्झौता तीन वर्षसम्म लागु हुनेछ । जसले नेपाललाई सूचना तथा सञ्चार प्रविधिको प्रतिस्पर्धी र नवीन केन्द्रको रूपमा स्थापित गर्न तथा डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फको यात्रालाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १९:४६





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट