२०८२ भाद्र ७ शनिबार
२०८२ भाद्र ७ शनिबार

सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन

काठमाडौं– राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको देशको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट पनि अब जोडिएको छ । यससँगै अब ७७ वटै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरे । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

योसँगै सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल पुगेको छ । प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट