काठमाडौं– एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ ।
निर्धारित समय ३–३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा नेपाल पराजित भयो । नेपालका सावित्रा भण्डारी र किपर अञ्जना रानामगर दुई जनाले गोल गर्न नसकेपछि उच्वेकिस्तानका किपरले पेनाल्टी सुट नै गर्न परेन ।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै बराबरीमा ल्याएको थियो । नेपालका लागि तीनै गोल कप्तान भण्डारीले गरेकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ