२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

किन हुन सकेन नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं कार्यसमिती निर्वाचन ?

काठमाडौं – आयुर्वेद चिकित्सकहरुको छाता संस्था नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं कार्यसमिती चयनका लागि निर्वाचन हुन १५ महिना ढिलो भइसकेको छ । विसं २०७८ चैत १२ गते नेपाल आयुर्वेद संघको १० औं कार्यसमितिको पहिलो बैठक डा श्यामबाबु यादवको अध्यक्षतामा बसेको थियो । 

१० औं कार्यसमितीको पहिलो बैठक बसेको आधारमा गत चैतमा नै उक्त कार्यसमितीको पदावधि सकिएको छ। विधान अनुसार कार्यसमितिका पदाधिकारी तथा सदस्यको पदावधी दुई वर्षको रहने व्यवस्था उल्लेख छ । यसरी समयमा नै नयाँ कार्यसमिती चयनका लागि निर्वाचन गर्न नसक्दा अध्यक्ष श्यामबाबु यादव लगायतका पदाधिकारीहरुको आलोचना हुँदै आएको छ। 

श्यामबाबु यादवको अध्यक्षतामा बनेको १० औं कार्यसमितिमा महासचिवमा डा कोपिला अधिकारी, सचिवमा डा प्रेरक रेग्मी, कोषाध्यक्षमा डा शारदा खनाल, सदस्यहरुमा क्रमश डा नरेन्द्र लामिछाने, डा कैलाश न्यौपाने, डा ऋषि केशव भुसाल, डा राजकुमार साह, डा हरि खनाल, डा सुवर्ण पौडेल, डा जितेन्द्र श्रेष्ठ (जनजाति), डा दीपक कुमार मण्डल (मधेशी), डा सरिता बजगाईं (महिला) र डा कलावती विक (दलित) चयन भएका थिए । 

कार्यसमितिले टार्गेट गरेका कामहरु सम्पन्न हुन नसकेकाले ती काम सम्पन्न गर्नका लागि नयाँ कार्यसमितिको चुनाव गर्न नसकिएको नेपाल आयुर्वेद चिकित्सक संघकी महासचिव डा  कोपिला अधिकारीको तर्क छ। आयुर्वेद प्रतिष्ठान निर्माण यो कार्यसमितीको एजेन्डा भएकोले उक्त काम थालनी नहुँदा नयाँ कार्यसमिती चयनका लागि केही ढिलो भएको उनको दाबी छ। 

नयाँ कार्यसमिति चयनका लागि १५ महिना ढिलाइ भइसकेको संघका सचिव डा प्रेरक रेग्मी बताउँछन् । एक वर्षमा कार्यसमितीको  दुईवटा बैठक बसेकोमा पहिलो बैठकले नयाँ कार्यसमिति चयनका लागि मिती तोक्ने निर्णय गरेपनि अध्यक्ष श्यामबाबु यादवले दोस्रो बैठकमा विधान संशोधन नगरी अधिवेशनको मिति नतोक्ने भन्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन नमानेको उनी बताउँछन्। 

विधान संशोधन खासै ठूलो विषय नभएको तथा जिल्ला प्रशासन कार्यालयमा गएर एकैदिनमा गर्न सकिने कामलाई कारण देखाएर पुराना पदाधिकारीले कुर्सी मोहलाई त्याग्न नसकेका कारण हालसम्म नयाँ कार्यसमितीको चुनाव हुन नसकेको उनको आरोप छ। 

उनले थपे, ‘१५ महिनामा कार्यसमितीको २ वटा मात्रै बैठक बस्नु लज्जाको विषय हो। ‘नयाँ कार्यसमिती चयनका लागि निर्वाचनका विषयमा सर्वत्र चासो हुँदा हालसम्म नगरिनुले संस्थाको छवि बिग्रन पुगेको छ।’ युवा चिकित्सकहरुले अधिवेशनको माग गरेपनि त्यसको सुनुवाई हुन नसकेको डा रेग्मीको आरोप छ। 

नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा प्रकाश ज्ञवाली विधान अनुसार एकदमै जटिल परिस्थितीमा समेत कार्यकाल सकिएको ६ महिनाभित्र नै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । १० औं कार्यसमितीका पदाधिकारीको कार्यकाल सकिएको १५ महिना सम्म पनि चुनाव नहुनु  सर्वत्र चासोको विषय भएको उनको तर्क छ । कार्यसमिति बैठकले एक पटक पास गरिसकेको नयाँ कार्यसमिती चयनको निर्वाचन नगराउनुले संस्थाको छवि बिग्रन पुगेको डा ज्ञवाली बताउँछन् ।
 

सामाग्री श्रोत :
swasthyakhabar

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट