२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

राप्तीमा चिकित्सकमाथि आक्रमण : राष्ट्रिय चिकित्सक संघद्वारा भर्त्सना, शून्य सहनशीलता नीति कार्यान्वयनको माग

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको उपचारका क्रममा भएको निधनलाई लिएर चिकित्सक, नर्स र सुरक्षाकर्मीमाथि हातपात र अस्पतालमा तोडफोड गरिएको घटनाप्रति राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान) ले  आपत्ति जनाएको छ।

संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ। विज्ञप्तिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभई देशभरका अस्पताल र जिल्ला प्रशासन कार्यालयहरूलाई स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।

संघका प्रवक्ता डा. अरुण उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरू सुरक्षित वातावरणमा कार्य गर्न पाउने संवैधानिक हकबाट बञ्चित भइरहेका छन्। अस्पतालभित्रै चिकित्सक, नर्स तथा सुरक्षाकर्मीमाथि भएको आक्रमण गम्भीर चिन्ताको विषय हो।’

संघले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति एक वर्षदेखि नियमित बैठक बस्न नसकेकोमा गहिरो खेद व्यक्त गरेको छ। साथै, ‘शून्य सहनशीलता नीति’ सम्बन्धी कार्यविधि अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै मन्त्रालयप्रति असन्तोष व्यक्त गरिएको छ।

संघले मन्त्रालयलाई थप जिम्मेवार बन्न आग्रह गर्दै शून्य सहनशीलता नीतिको कार्यविधि तत्काल लागू गर्न र सुरक्षासम्बन्धी बैठकहरू नियमित राख्न पनि जोड दिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट