२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

एमाले-कांग्रेस सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन् : एमाले सचिव महासेठ

काठमाडौँ– एमाले र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको एमालेका सचिव रघुवीर महासेठले बताएका छन्। 

वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रयास भइरहेको दाबी गर्दै महासेठले त्यसको नेतृत्व दाहालले गरिरहेको आरोप लगाएका हुन्।

आइतबार जनकपुरमा आयोजित कार्यक्रममा एमाले सचिव महासेठले माओवादी अध्यक्ष दाहाललाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले सहयोग गरिरहेको पनि दाबी गरे। 

‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ। जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष माननीय पुष्पकमल दाहालले गरिरहनुभएको छ। उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टी पनि छन्। स्वतन्त्र सांसद पनि छन्। राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्,’ महासेठले भने, ‘त्यो सँगसँगै यो सरकारलाई, यो गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही सांसद पनि हुनुहुन्छ। जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा क्रियाकलाप गरिरहनुभएको छ।’

सरकारविरुद्ध सत्ता गठबन्धनमा रहेका कुन सांसदले प्रयास गरिरहेका छन् भन्ने महासेठले बताएनन्। देशमा अहिलेको भन्दा कुनै पनि गठबन्धनको विकल्प नरहेको महासेठको दाबी छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट