जेरुसेलम – गाजामा युद्धविराम र बन्धकको रिहाईको विषयमा हमाससँग कतारमा प्रस्तावित वार्ताका लागि इजरायलले आइतबार एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हमासको अस्वीकार्य परिवर्तनको मागका बावजुद उनले निमन्त्रणा स्वीकार गरेको बताएको छ।
हमासले कतार, अमेरिका र मिश्रको मध्यस्थतामाको योजनामा परिवर्तन चाहेको थियो। शुक्रबार राति हमासले ६० दिनको युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिँदै वार्ताका लागि तयार रहेको बताएको थियो।
यद्दपि एक प्यालेस्टिनी अधिकारीका अनुसार हमासको प्रस्ताव संशोधनको माग अनुसार यदि स्थायी युद्धविरामको वार्ता असफल भयो भने फेरि युद्ध सुरु गर्न नहुने उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ