काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली विराटनगर किंग्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछानेलाई मार्कीमा निरन्तरता दिएको छ।

दोस्रो संस्करणको एनपिएलका लागि मार्कीमा सन्दीपलाई नै निरन्तरता दिएको विराटनगरले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ।
पहिलो संस्करणमा विराटनगर मार्की खेलाडी सन्दीपकै कप्तानीमा खेलेको थियो। विराटनगरले पहिलो संस्करणमा ७ मध्ये २ खेल जित्दै छैटौं स्थानमा रहेको थियो। विराटनगरले रिटेन हुने अन्य खेलाडीको नाम चाडै नै सार्वजनिक गर्ने बताएको छ।
एनपिएलमा सहभागी अन्य ७ टोलीले आफ्ना रिटेन खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा दोस्रो संस्करणको एनपिएल मिनि अक्सन आयोजना गर्ने जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ