२०८२ असार २१ शनिबार
२०८२ असार २१ शनिबार

यातायात विभागको सिस्टममा समस्या आएपछि अत्यावश्यकसहित ड्राइभिङ लाइसेन्सका सम्पूर्ण सेवा बन्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवा बन्द भएको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै विभागले सिस्टममा समस्या आएको कारण देखाउँदै सेवा बन्द हुन पुगेको जानकारी दिएको हो ।

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको कार्य भइरहेको विभागले जनाएको छ ।

“अर्को सूचना जारी नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको ब्यहोरा जानकारी गराइन्छ,” विभागले भनेको छ ।

यसबाट ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीका सम्पूर्ण सेवा अवरुद्ध हुन पुगेका छन् । 

 

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १३:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट