२०८२ असार २० शुक्रबार
LATEST NEWS
२०८२ असार २० शुक्रबार

स्वास्थ्य बीमा बोर्डको निर्णय : अब जुनसुकै प्रथम सेवा बिन्दु तोकिएका अस्पतालबाट सेवा लिन सकिने

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बीमितलाई  सेवा सहज बनाउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। अबदेखि बीमितहरूले बीमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपालभित्र जुनसुकै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्।

स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनअनुसार, आगामी आ.व. २०८२/८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू भएको हो। यस परिवर्तनले बीमितलाई आफ्नो बसोबास वा भ्रमणको क्रममा जुनसुकै ठाउँमा रहे पनि नजिकको  स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका हुन्। 

यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने बाध्यता थियो। यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बीमितहरूलाई सेवामा कठिनाइ हुँदै आएको थियो। निरन्तर आउने गुनासोलाई मध्येनजर गर्दै बोर्डले यो निर्णय लिएको अध्यक्ष चन्द्र थापा बताउँछन्। 

उनले भने,  ‘यसअघि टाठाबाठाले रिफर पत्र मगाएर समेत सेवा लिन सक्थे भने आम नागरिक मर्कामा पर्ने गरेको अवस्था थियो। अब सबैले सहज रुपमा सेवा लिन पाउनेछन्।’  उनका अनुसार देशभर अनुमति प्राप्त सरकारी स्वास्थ्य संस्थाहरूले नै प्रथम सेवा विन्दुको रुपमा सेवा दिन सक्नेछन्। 


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट