२०८२ असार १९ बिहीबार
२०८२ असार १९ बिहीबार

न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस

काठमाडौँ – पत्रकार दिलभूषण पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ। 

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुनेछ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो। 

त्यसबारेमा इजलासमा उनको बयान लिइनेछ। 

बयानलगत्तै थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ। 

पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले बताए।

गत जेठ २८ गते  उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी उनीविरुद्ध गरिएको छ। 

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए। 

यस्तै अभियोग पत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोग पत्रमा मागदाबी लिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट