२०८२ असार १९ बिहीबार
२०८२ असार १९ बिहीबार

अब एन्ड्रोइडबाट आईफोनमा पठाएको मेसेज पनि एडिट गर्न सकिने

काठमाडौँ । एप्पलले नयाँ अपरेटिङ सिस्टम आईओएस १८ मार्फत रिच कम्युनिकेसन सर्भिस (आरसीएस) लाई सपोर्ट गरेसँगै एन्ड्रोइड र आईफोन प्रयोगकर्ताबिच क्रस-प्लेटफर्म मेसेज आदानप्रदानका लागि नयाँ सुविधा थपिएको छ । यसले हाई क्वालिटीको मिडिया शेयरिङ, टाइपिङ इन्डिकेटर र रिड रिसिप्टजस्ता सुविधा उपलब्ध गराएको भए पनि केही प्रमुख फिचरहरू अझै अभावमै थिए ।

यसैबिच, एन्ड्रोइड अथोरिटीको एक नयाँ रिपोर्ट अनुसार गुगलले एन्ड्रोइडबाट आईफोनमा पठाइएका मेसेज एडिट गर्न सकिने सुविधा परीक्षणका रूपमा केही प्रयोगकर्तालाई उपलब्ध गराउन थालेको छ ।

यो सुविधा व्यक्तिगत तथा ग्रुप च्याट दुवैमा काम गर्ने देखिएको छ भने एडिटिङको लागि हाल उपलब्ध १५ मिनेटको समयसीमा एन्ड्रोइड र आईफोन दुवैमा यथावत् रहनेछ ।

हालसम्म, एक आईफोन प्रयोगकर्ताले अर्का आईफोन प्रयोगकर्तालाई पठाएको मेसेज एडिट गर्न सक्थे भने एन्ड्रोइड प्रयोगकर्ताबिच पनि सो सुविधा उपलब्ध थियो । तर, एन्ड्रोइडबाट आईफोन वा आईफोनबाट एन्ड्रोइडमा पठाइएका मेसेज एडिट गर्न नपाइने समस्या रहेको थियो ।

रिपोर्ट अनुसार एन्ड्रोइडमा पठाइएको मेसेज एडिट गर्न प्रयोगकर्ताले मेसेजमा लङ प्रेस गरेर देखिने पेन्सिल आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि पुरानो मेसेज रिप्लाई बक्समा देखिन्छ र प्रयोगकर्ताले त्यसलाई एडिट गरेर पुनः पठाउन सक्छन् ।

एडिट गरिएको मेसेज आईफोनमा एस्ट्रिक (*) को संकेतसहित देखिने बताइएको छ । तर, हाल आईफोन प्रयोगकर्ताले भने आरसीएस मेसेज एडिट गर्न पाउने छैनन् । किनभने एप्पलले आफ्नो मेसेजेज (Messages) एपमा त्यसका लागि आवश्यक अपडेट हालसम्म उपलब्ध गराएको छैन ।

यो सुविधा हालको अवस्थामा सीमित प्रयोगकर्तामाझ मात्र परीक्षणका रूपमा उपलब्ध रहेको रिपोर्टमा उल्लेख छ । सबै प्रयोगकर्तालाई यो सुविधा कहिले उपलब्ध हुन्छ भन्नेबारे हालसम्म आधिकारिक जानकारी दिइएको छैन ।

यसअघि, सन् २०२४ को मार्चमा एप्पलले ‘RCS Universal Profile 3.0’ अपनाउने घोषणा गरेको थियो । यसले इन्ड-टु-इन्ड इन्क्रिप्टेड मेसेज आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १९, २०८२ ८:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट