काठमाडौँ । रातको समय होस् वा दिन, चौबिसै घण्टा खानाको डेलिभरी दिने अनलाइन प्लेटफर्म सञ्चालनमा आएको छ । जुनसुकै समयमा खाना तथा ताजा सागपात-तरकारी, किराना सामग्रीको डेलिभरी दिनेगरी सिटी ९७७ (Citi977) नामक प्लेटफर्म सुरु भएको हो ।

विशेषगरी आफ्नो व्यस्त दैनिकी, पेसागत जिम्मेवारी वा व्यक्तिगत कारणले रातको समयमा पनि खाना बनाउन नभ्याउनेहरूका लागि यो निकै उपयोगी माध्यम हुनसक्छ । काठमाडौँमा हालै क्लाउड किचेनको रूपमा सुरु भएको सीटी ९७७ ले तपाईँलाई २४/७ अर्थात् सातै दिन २४ सै घण्टा सुविधा दिने बाचा गरेको छ ।
स्वादिष्ठ एवम् ताजा खाना, रेस्टुरेन्टका परिकार, पेय पदार्थ आदिको डेलिभरी दिने कम्पनीले रातको समयमा खाना अर्डर गर्ने ग्राहकलाई १० प्रतिशत छुट समेत उपलब्ध गराइरहेको छ । सुरुवाती ५० रेस्टुरेन्टलाई शून्य प्रतिशत कमिसनमा आफ्नो प्लेटफर्ममा सूचीकृत हुने अवसर समेत सिटी ९७७ ले उपलब्ध गराइरहेको छ ।
यति मात्र नभई सिटी ९७७ आफैँ राइड हेलिङ अर्थात् राइड शेयरिङ सेवा प्रदायक समेत हो । यसको एपमार्फत राइड शेयरिङ लिन र राइडरको रूपमा आबद्ध हुन पनि सकिन्छ । कम्पनीले यसलाई सुपर एपको रूपमा ब्रान्डिङ गरिरहेको छ ।

प्लम्बिङ, इलेक्ट्रिसियन, घर पेन्टिङ, पार्केटिङ, फल्स सिलिङ र सरसफाइ सहितको होम रेनोभेसन सुविधा सुरु गरिसकेको कम्पनीले निकट भविष्यमा सिटी ट्राभल र सिटी फिट जस्ता नयाँ फिचर समेत ल्याउने योजना बनाएको छ । सिटी ९७७ को एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अनि आईओएस अर्थात् आईफोनका लागि यहाँ क्लिक गरेर यो एपमा जोडिन सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ १५:१०
सामाग्री श्रोत :
टेक पाना