२०८२ असार १९ बिहीबार
LATEST NEWS
२०८२ असार १९ बिहीबार

डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रको क्षयरोगका लागि प्राविधिक सल्लाहकारमा डा राजेन्द्रप्रसाद पन्त नियुक्त

काठमाडौं- क्षयरोग नियन्त्रणका लागि सल्लाह सुझाव दिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एशिया क्षेत्रको प्राविधिक सल्लाहकार समूहमा नेपालबाट डा. राजेन्द्रप्रसाद पन्त नियुक्त भएका छन् । डब्लुएचओ साउथ इष्ट एशिया रिजनल टेक्निकल एडभाइजरी ग्रुप अन ट्युवरक्लोसिसमा उनी दुई वर्षका लागि छनौट भएका हुन्।

उनी जुलाई १ देखि नै लागू हुने गरी नियुक्त भएका हुन्। दक्षिण पूर्वी एशिया क्षेत्रको क्षयरोग नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव दिन डब्लुएचओ क्षेत्रीय कार्यालयले प्राविधिक सल्लाहकार समूह गठन गरेको हो। जसका लागि ११ जना विज्ञहरु छनौट गरिएका छन । ११ जनामध्येबाट अध्यक्ष र सहअध्यक्ष छनौट हुने बताइएको छ। ।

डा. पन्तले स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक हुन्। उनल लामो समय राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकका रुपमा काम गरेका छन्। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट