२०८२ आश्विन ३० बिहीबार
२०८२ आश्विन ३० बिहीबार

कालो पट्टी बाँधेर काम गर्ने चिकित्सक संघको आह्वानमा नेपाल अप्थाल्मिक सोसाइटीको ऐक्यबद्धता

काठमाडौं- नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाको विरोधमा देशभरका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई ७२ घण्टासम्म कालो पट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गरेको छ। यस विरोध कार्यक्रममा नेपाल अप्थाल्मिक सोसाइटीले समेत ऐक्यबद्धता जनाउँदै आफ्ना सदस्यहरूलाई सक्रिय सहभागी हुन आग्रह गरेको छ।

अप्थाल्मिक सोसाइटीले विज्ञप्ति जारी गर्दै चिकित्सक संघको कदमलाई पूर्ण समर्थन जनाएको छ। समाजका महासचिव डा तेजु मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिलाई मध्यनजर गर्दै, हामी हाम्रा सम्पूर्ण सदस्यहरू, अप्टोमेट्रिस्टहरू, आँखा सहायकहरू र आँखा स्वास्थ्यकर्मीहरू तथा सेवा प्रदायकहरूलाई सतर्क रहन र नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा भइरहेको सामूहिक प्रतिक्रियामा पूर्ण समर्थन गर्न आग्रह गर्दछौं।’

चिकित्सक संघले आजबाट लागु हुने गरी तीन दिनसम्म (७२ घण्टा) सेवा प्रवाह गर्दा कालो पट्टी बाँध्न सबै स्वास्थ्य संस्थाहरूसँग आग्रह गरेको छ। यस आह्वानको मुख्य उद्देश्य उपभोक्ता अदालतको पछिल्लो निर्णयप्रति विरोध र असन्तुष्टि व्यक्त गर्नु रहेको बताइएको छ।

अप्थाल्मिक सोसाइटी आफ्ना सदस्यहरूलाई यस विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन र स्वास्थ्य सेवा प्रवाहमा सन्तुलन कायम राख्दै विरोध जनाउन समेत आग्रह गरेको छ। साथै, परिस्थितिको विकासक्रमबारे नियमित जानकारी गराउने प्रतिबद्धता पनि अप्थाल्मिक सोसाइटीले व्यक्त गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट