काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर(ज्ञानेन्द्र)शाहीले ७५ हजारभन्दा धेरै नेपालीलाई दुबईमा बन्धक बनाइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै शाहीले युएई, कतार र साउदी अरबमा नेपालीहरुलाई बन्धक बनाइएको तर्क गरे । उनले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाले जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने माग गरे ।
उनले भने, “आज हामीले उनीहरुको चीत्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबाही गर्नुपर्छ कि पर्दैन ?”
उनले राजनीतिक दाउपेच बिर्सेर संसदीय समिति बनाएर भिजिट भिसा प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताए । सरकारले संसदमा संख्याका आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत उनले आरोप लगाए ।
सामाग्री श्रोत :
deshparadesh

