२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका  बलर ललितकुमार राजवंशी र सन्दीप लामिछानेले आइसिसी टी–२० आई बलिङ वरीयतामा फड्को मारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा ललितले २९ स्थान सुधार गरेका हुन्। उनी नयाँ वरीयतामा ५४औं स्थानमा छन्।

यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन्।

सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेका थिए। 

Ncell 2
Ncell 2

यी दुईबाहेक कुनै पनि बलर शीर्ष १०० मा अटाउन सकेका छैनन्।

त्यस्तै दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन्।

टी–२०आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेष ७७ स्थानमा छन्। टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन्। कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन्। वरियतामा नेपाल १८औं स्थानमा यथावत् छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट