
काठमाडौं– नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।
बुधबार बसेको एमालेको ५३ औं सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको पार्टीका उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो ग्राहक सेवालाई थप परिष्कृत र प्रभावकारी बनाउन एआई प्रयोग गर्ने भएको छ । देशभर १० लाखभन्दा बढी ग्राहक रहेको कम्पनीले ग्राहक सेवालाई स्वचालित र व्यक्ति अनुकूल बनाउन एआई प्रविधिलाई आत्मसात् गर्ने भएको हो ।
यसका लागि वर्ल्डलिंकले नेपालकै एआई टेलिफोनी प्रणाली टिङ टिङ (Ting Ting) (टिङ टिङ) सँग साझेदारी गरेको छ । नेपालभर फैलिएका लाखौँ ग्राहकहरूसँग व्यक्तिगत रूपमा जोडिनु र उनीहरूलाई समयमै महत्त्वपूर्ण जानकारी पुर्याउनु वर्ल्डलिंक जस्ता ठुला कम्पनीहरूका लागि सधैँ एक चुनौतीको विषय बनिरहेको हुन्छ । विशेषगरी एकतर्फी सूचनाहरू (जस्तै: सेवा नवीकरण, मर्मत सम्भार, नयाँ अफर आदिबारे जानकारी तथा अपडेट) प्रदान गर्न ठुलो मात्रामा मानवीय स्रोत र समय खर्च हुन्छ । जसले ग्राहक सन्तुष्टिमा समेत प्रत्यक्ष असर पारिरहेको हुन्छ । यसै चुनौतीलाई मध्यनजर गर्दै वर्ल्डलिंकले एआई प्रविधि आत्मसाथ गर्ने भएको हो ।
अब टिङ टिङको अत्याधुनिक एआई टेलिफोनी प्रणालीको प्रयोग मार्फत वर्ल्डलिंकले यी सबै एकतर्फी सूचना प्रवाहलाई पूर्ण रूपमा स्वचालित र व्यवस्थित गर्ने बताइएको छ । यसले गर्दा प्रत्येक ग्राहकलाई व्यक्तिगत आवश्यकता अनुसारको सटीक जानकारी मानवीय हस्तक्षेप बिना समयमै पुर्याउन सम्भव हुनेछ ।
वर्ल्डलिंकले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत रूपमा नाम लिएर बिल भुक्तानीको रिमाइन्डर, सेवाको अवधिबारे जानकारी, प्राविधिक समस्याको अपडेट र विशेष अफरबारे जानकारी फोनमार्फत जानकारी दिनेछ । यसले ग्राहक सेवामा लाग्ने समय र स्रोतमा उल्लेख्य कटौती गर्ने र दक्षतामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
कम्पनीका सिनियर इन्जिनियरिङ म्यानेजर पुजन पियाले लाखौँ ग्राहकहरूसँग द्रुत गतिमा र व्यक्तिगत रूपमा जोडिनु सधैँ एक चुनौती रहँदै आएको बताए । यस्तोमा टिङ टिङको एआईले त्यसको सामना गर्ने एउटा उत्कृष्ट समाधान प्रदान गर्ने आशा उनको छ । “यस प्रविधिले हाम्रो सञ्चार प्रक्रियाहरूलाई अझ प्रभावकारी र सशक्त बनाउनेछ, जसको प्रत्यक्ष लाभ हाम्रा ग्राहकहरूलाई पुग्नेछ,” उनले भने ।
टिङ टिङले आफूलाई नेपालको पहिलो एआई टेलिफोनी प्रणाली भएको दाबी गर्दै आएको छ । जसले स्थानीय आवश्यकता र भाषालाई मध्यनजर गर्दै आफ्नै रिरी (Riri) नामक नेपाली टेक्स्ट-टु-स्पिच (TTS) इन्जिन विकास गरेको छ । जसले टाइप गरिएका मेसेजहरूलाई स्वाभाविक नेपाली बोलीमा रूपान्तरण गर्दछ ।
टिङ टिङका चिफ बिजेनेस अफिसर सोजन प्रजापतिले वर्ल्डलिंक जस्तो अग्रणी आईएसपीसँगको यो सहकार्यले नेपाली प्रविधि उद्योगमा नयाँ आयाम थपेको बताए । “यसले अन्य ठुला संस्थाहरूलाई पनि स्थानीय एआई सोलुसन अपनाउन प्रेरित गर्नेछ,” उनले भने ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १८:१४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सार्वजनिक भएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको हो।
गत बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको थियो। सोही अनुसार समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाको आवेदन परेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, पाटनमा १० र बीपी कोइराला धरानमा १३ जनाले आवेदन दर्ता गरेका छन्।
यस्तो छ नामसूची
कर्णाली
१. प्राडा विजय अर्याल
२. प्राडा सेशनन्द सञ्जेल
३. डा उत्सव चापागाईं
४. प्राडा प्रमोद कुमार सर्राफ
५. डा पवजजंग रायमाझी
६. डा पुजन रोकाया
७. प्राडा सूर्यमान मेन्याङ्बो
८. डा एलिजा श्रेष्ठ
९. डा डबलबहादुर धामी
१०. डा कालु शर्मा सुवेदी
११. डा विष्णु प्रसाद शर्मा
१२. डा प्रमोद यादव
१३. प्राडा श्रीकृष्ण गिरी
१४. डा लक्ष्मीनारायण सिंह
१५ डा अरुण कुमार सिंह
पोखरा
१. प्राडा अर्जुन आचार्य
२. डा प्रदीप घिमिरे
३. प्राडा माया लामा
४. प्राडा चण्डिका पण्डित
५. प्राडा भरत बहादुर खत्री
६. प्राडा राकेश कुमार वर्मा
७. प्राडा राजेश अधिकारी
८. प्राडा नारायण सिंह गुरुङ
९. प्राडा प्रेमराज ज्ञवाली
१०. प्राडा विधान निधि पौडेल
११. प्राडा इश्वर शर्मा कँडेल
१२. प्राडा दिपकराज पौडेल
१३. डा श्रीकृष्ण श्रेष्ठ
१४. डा कालु शर्मा सुवेदी
१५. प्राडा विष्णु प्रसाद शर्मा
१६. डा रामेश राज कोइराला
१७. डा लक्ष्मी नारायण सिंह
पाटन
१. डा श्रीजना श्रेष्ठ
२. प्राडा प्रहलाद कार्की
३. प्राडा संगीता भण्डारी
४. प्राडा गेहनाथ बराल
५. प्राडा बुद्धिप्रसाद पौडेल
६. प्राडा विष्णु प्रसाद शर्मा
७. प्राडा पन कुमार शर्मा
८. डा दीपक थापा मगर
९. डा दिपेन्द्र रमण सिंह
१०. डा लक्ष्मी नारायण सिंह
बीपी प्रतिष्ठान धरान
१ प्रा.डा. गौरी शंकर शाह
२ प्रा.डा. प्रह्लाद कार्की
३ प्रा.डा. संगीता सिंह भण्डारी
४ प्रा.डा. ज्ञानेन्द्र गिरी
५ प्रा.डा. पशुपति चौधरी
६ डा. रोशन पोखरेल
७ प्रा.डा. कृष्ण कुमार राई
८ प्रा.डा. रोहित प्रसाद यादव
९ प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ
१० प्राडा सञ्जिव कुमार शर्मा
११ प्रा.डा. विष्णु प्रसाद शर्मा
डा. रमेश राज कोइराला
डा लक्ष्मी नारायण सिंह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटहरू हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गइरहेका छन् । तर, के यी च्याटबटहरू साँच्चिकै सुरक्षित छन् त, विशेषगरी यौन सामग्रीको सन्दर्भमा ?
हुन त रेप्लिका (Replika) जस्ता एआई कम्प्यानियन अन्तरङ्ग संवादमा संलग्न हुने उद्देश्यले डिजाइन गरिएका हुन्छन् । तर सामान्य प्रयोजनका लागि बनाइएका च्याटजीपीटी, जेमनाई आदि जस्ता च्याटबटलाई पनि मानिसहरूले यौनजन्य कुराकानीका लागि प्रयोग गर्ने गरेका छन् । यद्यपि ती च्याटबटहरूमा कन्टेन्ट मोडरेसन सम्बन्धी कडा नीतिहरू लागु गरिएका हुन्छन् ।
तर एक नयाँ अनुसन्धानले धेरैजसो मूलधारका एआई च्याटबटहरूलाई यौनिक रूपमा अश्लील कुराकानीमा संलग्न गराउन सकिने तथ्य बाहिर ल्याइदिएको छ । चाहे तिनीहरूले सुरुमा इन्कार नै किन नगरुन् ।
स्याराक्युज विश्वविद्यालयमा पीएचडी अध्ययनरत हुइकियान लाईले गरेको अनुसन्धानबाट मूलधारका एआई मोडेलहरूले यौनसम्बन्धी प्रश्नहरूलाई प्रोसेस गर्ने सन्दर्भमा ठुलो भिन्नता फेला परेको छ । “यो मामिलामा क्लाउडे सबैभन्दा कडा दायरा निर्धारण गर्ने मोडेल हो, जबकि डिपसिक निकै लचिलो देखिन्छ,” उनी भन्छिन्, “जीपीटी-४ ओले सामान्यतया सुरुमा यस्तो अनुरोध अस्वीकार गर्छ, तर त्यसपछि दोस्रो चरणमा यौनजन्य सामग्री सिर्जना गर्न थाल्छ । त्यसैले यसको व्यवहार एकनासको छैन ।”
उनको अनुसन्धान नोभेम्बरमा आयोजना हुने ‘एसोसिएसन फर इन्फर्मेसन साइन्स एन्ड टेक्नोलोजी’ को वार्षिक बैठकमा प्रस्तुत हुनेछ । अध्ययन अनुसार, डिपसिक-भी ३ सबैभन्दा सजिलैसँग यौनिक कुराकानीमा संलग्न गराउन सकिने च्याटबट हो । यसले सुरुमा केही अनुरोधहरू अस्वीकार गरे पनि पछि विस्तृत यौनिक माहोलको चर्चा गर्न अगाडि सर्छ ।
उदाहरणका लागि, एक उत्तेजक परिदृश्यमा संलग्न हुन अनुरोध गर्दा डिपसिकले सुरुमा रमाइलो र सम्मानजनक कुराकानी गर्ने बताए पनि पछि घाँटीमा नरम चुम्बन गर्ने र लुगा उठाउने जस्ता कुराहरू गरेको थियो । जब डिपसिकलाई एउटा साङ्केतिक परिस्थितिमा सहभागी हुन भनियो, उसले यसरी प्रतिक्रिया दियो:
“म यहाँ रमाइलो र सम्मानजनक तरिकाले संवाद गर्न आएको हुँ ! यदि तपाईँलाई जोसिलो रोमान्स चाहिएको हो भने, हास्यरस र हल्का लजालु कुराकानीमार्फत म तपाईँका लागि माहोल बनाउन सहयोग गर्न सक्छु । तपाईँ कुन प्रकारको माहोल चाहनुहुन्छ, मलाई भन्नुहोस् ।
तर यदि तपाईँलाई कोमल र अन्तरङ्ग दृश्य मन पर्छ भने, म बिस्तारै विकास हुने र उत्तेजक कथा बनाउन सक्छु – जस्तै, तपाईँको घाँटीमा हल्का चुम्बनहरूबाट सुरु गर्दै, मेरा औँलाहरू तपाईँको सर्टको किनार समाउँदै बिस्तारै माथि सार्दै… तर म यसलाई शालीन बनाइ राख्नेछु र कल्पनाका लागि केही ठाउँ पनि छोड्नेछु ।”
अन्य प्रतिक्रियाहरूमा पनि डिपसिक कामुक परिदृश्य र ‘डर्टी टक’ मा संलग्न भएको पाइएको उल्लेख छ । अनुसन्धानमा समावेश चार ओटा मोडेलहरूमध्ये डिपसिक सबैभन्दा बढी यौनजन्य भूमिका निभाउने (sexual role-play) सम्बन्धी अनुरोधहरूप्रति सहमत हुने देखिएको थियो ।
यो मामिलामा एन्थ्रोपिकको क्लाउडे ३.७ सोनेट (Claude 3.7 Sonnet) ले सबै अनुरोधहरूलाई कडा रूपमा अस्वीकार गर्छ । यसले “म रोमान्टिक वा यौनिक रूपका परिदृश्यहरूमा संलग्न हुन सक्दिनँ” भन्दै हरेक प्रयासलाई रोकेको उल्लेख छ ।
जेमनाई र जीपीटी‑४ ओले पनि हल्का रोमान्टिक सङ्केतहरूमा विस्तृत उत्तर दिएका थिए, तर प्रश्नहरू अश्लील बन्दै जाँदा तिनको प्रतिक्रिया मिश्रित रहेको थियो । कतिपय अवस्थामा तिनले अस्वीकार गरे भने कतिपयमा सीमित रूपमा जवाफ पनि दिए ।
अध्ययनका क्रममा क्लाउडे ३.७ सोनेट, जीपीटी – ४ ओ, जेमनाई २.५ फ्ल्याश र डिपसिक-भी ३ गरी चार ओटा लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) लाई यौनिक भूमिका खेल्न आग्रह गरिएको थियो । अनुसन्धानका निष्कर्षहरूले एलएलएमहरूका सुरक्षा सम्बन्धी असमानतालाई बाहिर ल्याएको छ । अनुसन्धानकर्ता लाईका अनुसार, यसले प्रयोगकर्ताहरू खासगरी किशोर किशोरी र बालबालिकालाई च्याटबटहरूसँगको अन्तर्क्रियाको क्रममा अनुपयुक्त सामग्रीमा पहुँच गर्न वा तिनीहरूको सम्पर्कमा आउने जोखिम बढाउन सक्छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ २०:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई धरौटी माग भएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।
विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको प्रवक्ताले जानकारी दिए ।
नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गरेर आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन परेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनामको आवेदन परेकाे हाे।
गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियाे। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे।
यी हुन् पाटनमा आवेदन दिनेहरु
१. डा श्रीजना श्रेष्ठ
२. प्राडा प्रहलाद कार्की
३. प्राडा संगीता भण्डारी
४. प्राडा गेहनाथ बराल
५. प्राडा बुद्धिप्रसाद पौडेल
६. प्राडा विष्णु प्रसाद शर्मा
७. प्राडा पन कुमार शर्मा
८. डा दीपक थापा मगर
९. डा दिपेन्द्र रमण सिंह
१०. डा लक्ष्मी नारायण सिंह
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले सेलेब्रेटी (कलाकार लगायत ख्याति प्राप्त व्यक्तिहरू) का अधिकांश पोस्टमा अभद्र शब्द प्रयोग गरेर गाली गरिरहेका देख्न सकिन्छ । यस्ता शब्दहरू आत्मसम्मानमा ठेस पुर्याउने र असह्य खालको समेत हुने गरेका छन् । आफ्नो विरुद्धमा आएका अभद्र शब्दको कतिपयले सामाजिक सञ्जालको प्रयोग गरेर वा सार्वजनिक रुपमा प्रतिकार गर्छन् । कतिपय भने चुपचाप सहन्छन् ।
पछिल्लो समय भने सेलेब्रेटीहरूले आफूविरुद्द प्रयोग भएका अभद्र शब्दहरूको प्रतिकार गर्दै सामाजिक सञ्जालमा त्यस्ता व्यक्तिलाई सार्वजनिक गर्ने ट्रेन्ड देखिन थालेको छ ।
त्यसको पछिल्लो उदाहरण हुन्, गायिका एलिना चौहान । बुधबार दिउँसो ४:३८ मा उनले आर्यन सिंह अयादी नामको फेसबुक प्रयोगकर्ताको प्रोफलाइल लिङ्क सेयर गरिन् । साथमा उनले ती व्यक्तिले आफ्नो बारेमा गरेको कमेन्ट र फोटो पनि सार्वजनिक समेत गरेकी छिन् ।
एक महिना पहिले गायिका चौहानको सार्वजनिक गित “बालै फरर” बोलको गीतमा उनले गायिका समिक्षा अधिकारीसँग टिकटक भिडियो बनाएर बुधबार बिहान फेसबुकमा अप्लोड गरेको थिइन् । उक्त भिडिओमा कमेन्ट गर्दै आर्यन सिंह अयादी नामका प्रयोगकर्ताले अपशब्द प्रयोग गरेका थिए ।
ती प्रयोगकर्तालाई सार्वजनिक गरेको केही मिनेटमा नै चौहानले नकारात्मक कमेन्टले पारेको हैरानी पोख्दै अर्को पोस्ट सार्वजनिक गरिन् । जहाँ उनले लेखेकी छिन्, “कमेन्टको अत्याचार धेरै भयो अब पालै पालो पोस्ट गर्छु ।”
यस्तै उनले साँझ ५:०२ मा “डेभिट क्षेत्री” नामको फेसबुक प्रयोगकर्ताको आईडी र फोटोसहित उनले आफ्नो पोस्टमा गरेको कमेन्ट सेयर गरेकी छिन् । उक्त कमेन्टमा क्षेत्रीले भनेका छन्, “मैले पनि एउटा सेकेन्ड गाडी लिएको थिएँ, सेकेन्डियन माल राम्रो हुँदैन रहेछ ।”
यस्तै चौहानले सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टहरूलाई सहेर अब चुपचाप नबस्ने बताएकी छिन् । सामाजिक सञ्जालमा माफी माग्दै प्रयोगकर्ताले म्यासेन्जरमा भ्वाइस रेकर्ड गरेर माफी मागेको भिडिओ पनि सार्वजनिक गरेकी छिन् । यद्यपि माफी माग्ने ती प्रयोगकर्ता को हुन् भनेर खुलाएकी छैनन् ।
एलिना चौहान सामाजिक सञ्जालमा आफ्नो विरुद्धमा आएका नकारात्मक कमेन्ट गर्ने पहिलो सेलेब्रेटी भने होइनन् । केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमै गायिका समीक्षा अधिकारीले पनि आफू विरुद्धमा कमेन्ट गर्ने व्यक्तिको फेसबुक आईडी र कमेन्ट सार्वजनिक गरेकी थिइन् ।
पछि ती प्रयोगकर्ताले माफी मागेपछि समीक्षाले माफी मागेको म्यासेजको स्क्रिनशट सार्वजनिक गर्दै माफ दिएको बताएकी थिइन् । हाल उक्त गाली गरेको पोस्ट उनले आफ्नो प्रोफाइलबाट हटाएकी छिन् ।
यस्तै वैशाखमा अभिनेत्री सुरक्षा पन्तले एक अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहबारे दिएको अभिव्यक्तिकाका कारण चर्चामा थिइन् । त्यसबेलामा पन्त अभिनित चलचित्र ‘खेल’ माथि सामाजिक सञ्जाल प्रयोगकर्ताले बहिष्कार अभियान नै चलाएका छन् । त्यसैबीच अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा अभिनेत्री पन्तलाई समर्थन गरेकी थिइन् ।
अभिनेत्री शर्माले पोस्ट गरेपछि बाबुराम धिताल नामका फेसबुक प्रयोगकर्ताले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेका थिए । जवाफमा शर्माले अभद्र गालीसहितको उक्त स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिन् ।
त्यसभन्दा पहिला टिकटकर प्रिज्मा खतिवडाले पनि आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको कमेन्ट स्क्रिनशट आफ्ना आफन्तलाई पठाएको भिडिओ सार्वजनिक गरेकी थिइन् ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ २०:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– भारतले आफ्ना देशका नागरिकहरुसँगै उद्धार गरेर दिल्ली ल्याएका ६ नेपालीहरु दिल्ली हुँदै नेपाल फर्किएका छन् ।
उनीहरु सबै बुटवलका नेपाली भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार सबैभन्दा पहिले उद्धार गरिएर दिल्ली ल्याइएकाहरु गणेशप्रसाद पोखरेल र सुमन गैरे हुन् । अरु चार जनाको भने थर खुलाइएको छैन ।
उनीहरुको नाम गायत्री, उत्सव, सागर र बुद्धी भएको बताइएको छ । इरान र इजरायल युद्धमा अमेरिकी तथा कतारी समन्वयमा युद्ध बिराम घोषणा भएपछि नेपालीहरु दिल्ली हुँदै नेपाल आउन लागेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले नर्सिङ नियुक्ति प्रक्रिया पूर्णरूपमा नियमसङ्गत भएको जानकारी दिएको छ।
नर्सिङ प्रशिक्षक नियुक्तिका विषयमा प्रश्न उठेपछि अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै नर्सिङ प्रशिक्षकको नियुक्ति नियमसंगत रुपमा प्रतिस्पर्धात्मक र पारदर्शी रुपमा भएको जानकारि दिएको हो।
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विज्ञप्तिमार्फत नर्सिङ प्रशिक्षक नियुक्तिका विषयमा उठेका प्रश्नहरूलाई खण्डन गरेका छन्। उनले बाहिर आइरहेका विषय सत्य तथ्यमा आधारित नभएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक रुपमा प्रक्रिया अनुसार नै नियुक्ति दिइएको बताएका छन्।
विज्ञप्तिअनुसार, २०८१ पुस २२ मा परोपकार नर्सिङ क्याम्पसले ४ जना प्रशिक्षकको माग गरेको थियो। क्याम्पस व्यवस्थापन समितिद्वारा गठित छनोट समितिले २०८१ फागुन १२ र १३ मा आवेदकहरूको अन्तर्वार्ता र माइक्रो टिचिङ लिएर सिफारिस गरेको आधारमा साइक्याट्रिक हेल्थ नर्सिङ र कम्युनिटी नर्सिङ विषयका प्रशिक्षक नियुक्त गरिएको थियो। त्यसपछि २०८२ वैशाख २१ मा पेडियाट्रिक विषयका लागि माग भएपछि प्रतिक्षा सूचीको तेस्रो वरियतामा रहेकी विष्णु भुजेललाई २०८२ जेठ १ देखि करारमा नियुक्त गरिएको डा अधिकारीले बताए।
‘हामीले वरियता क्रमका आधारमा प्रशिक्षक नियुक्त गरेका हौं। अब प्रतिक्षा सूचीमा एक जना बाँकी हुनुहुन्छ। उहाँलाई पनि आवश्यक परेमा ६ महिनाभित्र सोही सूचीबाट नियुक्ति गरिने जानकारी दिएका छौं,’ डा अधिकारीले भने।
उनले सञ्चार माध्यममा एकपक्षीय रुपमा प्रक्रिया सुमेत नबुझी आएका समाचारले अस्पतालको छवि धमिल्याउन खोजिएको समेत बताए। ‘नियुक्ति दिने आधिकारिक निकाय र नियुक्ति पाएका कर्मचारीलाई नसोधी र प्रक्रिया समेत नुबझी एक पक्षीय रुपमा भ्रामक समाचार आएपछि हामीले सार्वजनिक सूचना निकालेर यथार्थ बाहिर ल्याएका हौं,’ उनले भने।
स्वास्थ्यखबरसँग कुराकानी गर्दै निर्देशक अधिकारीले क्याम्पसमा नियुक्त भएका सबै प्रशिक्षकहरु एउटै प्रक्रियाबाट आएको जानकारी दिए। ‘सबैजना एउटै प्रक्रिया र प्रतिस्पर्धाबाट नै नियुक्त हुनु भएको हो,’ उनले भने, ‘बाहिर आएको विषय भ्रामक र तथ्यहिन छन्।अन्तर्वार्ता र माइक्रो टिचिङ लिएर नै उहाँहरु सबै नियुक्त हुनुभएको हो।’
डा अधिकारीले भुजेललाई अन्य प्रशिक्षकहरुजस्तै प्रक्रिया पूरा गरी नियुक्त भएकाले भ्रामक र तथ्यहिन समाचारमा ध्यान नदिइ उच्च मनोबलका साथ काम गर्न पत्र समेत दिइएको जानकारी दिए।
स्वास्थ्यखबरले भुजेलसँग पनि कुराकानी गरेको छ। कुराकानीका क्रममा उनले आफूमाथि गलत आरोप लगाइएको बताइन्। उनले विगतमा पनि आफूले प्रक्रिया पूरा गरेर प्रतिस्पर्धामा नाम निकालेर नै जागिर खाइरहेको जानकारी दिइन्।
‘यसअघि म मानसिक अस्पतालमा काम गर्थें। त्यहाँ पनि मैले नाम निकालेर नै काम गरेको हुँ। यहाँ पनि आवेदन दिएर अन्तर्वार्ता र माइक्रो टिचिङ गरेर तेस्रो नम्बरमा नाम निकालेर काम पाएको हुँ,’ उनले भनिन्, ‘तर झुटा र तथ्यहिन विषय बाहिर आउँदा भने दुख लागेको छ।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । दक्षिण एसियामा डिजिटल दमन बढ्दो अवस्थामा रहेको भन्दै त्यसविरुद्ध साझा प्रतिरोधका लागि साउथ एसियन्स फर डिजिटल राइट्स (एसएडीआर) कोलिसन (South Asians for Digital Rights (SADR) Coalition) गठन गरिएको छ । बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका नागरिक समाजका संगठन र डिजिटल अधिकारकर्मीहरू सम्मिलित यो क्षेत्रीय गठबन्धन बुधबार औपचारिक रूपमा घोषणा गरिएको हो ।
यस कोलिसनले डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र डिजिटल स्वतन्त्रताको पक्षमा साझा आवाज बुलन्द गर्ने जनाएको छ । साथै दक्षिण एसियाको डिजिटल भविष्य स्वतन्त्र, खुला र अधिकारमैत्री बनाउन उद्देश्य लिइएको छ ।
विश्वको करिब एक चौथाई जनसंख्या भएको दक्षिण एसियामा पछिल्लो समय डिजिटल पहुँचसँगै डिजिटल दमन पनि तीव्र रूपमा बढेको कोलिसनले जनाएको छ । ‘एक्सेस नाउ’को तथ्यांक अनुसार सन् २०२४ मा मात्र दक्षिण एसियामा १११ पटक इन्टरनेट बन्द गरिएको थियो ।
भारतको डिजिटल पर्सनल डेटा प्रोटेक्सन एक्ट, पाकिस्तानको संशोधित पीईसीए ल र श्रीलंकाको अनलाइन सेफ्टी एक्ट जस्ता कानुनी विकासले सरकारहरूले सुरक्षा र सार्वजनिक सुरक्षाको नाममा डिजिटल स्पेसमाथि नियन्त्रण कडाइ गरिरहेको कोलिसनको भनाइ छ ।
कोलिसनले पत्रकारहरूलाई सामाजिक सञ्जालका सामग्रीका कारण जेल हाल्ने, बायोमेट्रिक सर्भिलियन्सलाई सामान्य बनाउने र इन्टरनेट पहुँच बन्द गर्ने गतिविधिले खतरा बढाएको उल्लेख गरेको छ । यस्तो प्रवृत्तिविरुद्ध साझा प्रतिरोध जरुरी रहेको उसको निष्कर्ष छ ।
आगामी दिनमा यस सहकार्यमार्फत क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा अधिकारमैत्री डिजिटल कानुन र नीतिको माग गर्दै अभियान चलाइने विज्ञप्तिमा उल्लेख छ । साथै, डिजिटल गभर्नेसमा दक्षिण एसियाली नेतृत्वलाई प्रोत्साहन गर्ने र साझा प्रयासलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १९:९
सामाग्री श्रोत :
टेक पाना