२०८२ असार ११ बुधबार
LATEST NEWS
२०८२ असार ११ बुधबार

स्याटलाइटबाट पृथ्वीमा १ जीबीपीएस स्पिडमा डेटा पठाउने प्रविधि विकास गरेको चीनको दाबी

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले स्याटलाइटबाट पृथ्वीमा गरिने लेजर कम्युनिकेसनमा नयाँ प्रविधि विकास गरेको दाबी गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो प्रविधिबाट वायुमण्डलीय अवरोधबिच पनि हाल प्रयोगमा रहेका प्रणालीहरूभन्दा धेरै छिटो गतिको इन्टरनेट सेवा दिन सकिने देखिएको छ ।

पेकिङ युनिभर्सिटी अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेसनका वु जियान र चाइनिज एकेडेमी अफ साइन्सेसका लिउ चाओ नेतृत्वको टोलीले यो प्रविधिको परीक्षण गरेको हो । उनीहरूले ३६ हजार किलोमिटर माथिबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसनमा २ वाटको लेजर प्रयोग गरेर प्रति सेकेन्ड १ गिगाबिट (१ जीबीपीएस) डेटा पठाउन सफल भएको बताएका छन् ।

रिपोर्ट अनुसार, यो स्पिड एलन मस्कको स्टारलिंक जस्ता प्रणालीहरूको मेगाबिट गतिभन्दा धेरै उच्च हो । यो प्रविधिको परीक्षण दक्षिणपश्चिम चीनको लिजियाङमा रहेको एक अनुसन्धान केन्द्रमा १.८ मिटरको टेलिस्कोप प्रयोग गरी गरिएको थियो ।

डेटा ट्रान्समिसनको क्रममा वायुमण्डलीय बाधाले लेजर सिग्नलहरू कमजोर र विकृत बनाउने चुनौतीलाई सम्बोधन गर्न वैज्ञानिकहरूले एडाप्टिभ अप्टिक्स (AO) र मोड डाइभर्सिटी रिसेप्सन (MDR) दुई प्रविधि संयोजन गरेका थिए । ‘AO-MDR’ विधिबाट विकृत प्रकाश किरणको बनावट सुधारिएको र एकैपटक विभिन्न सिग्नल मोडहरू सजिलै क्याप्चर गर्न सकिएको उनीहरूले बताएका छन् । 

३ जुनमा ‘एक्टा अप्टिका सिनिका’ जर्नलमा प्रकाशित शोधपत्रमा यस प्रविधिले प्रसारण त्रुटिहरू (transmission errors) लाई घटाएको र प्रयोगयोग्य सिग्नलहरू प्राप्त गर्ने सम्भावना ७२ प्रतिशतबाट ९१ प्रतिशतभन्दा बढीमा पुगेको उल्लेख गरेका छन् ।

चीनले लेजरमा आधारित स्याटलाइट कम्युनिकेसनमा आफ्नो अनुसन्धान र विकास (आर एन्ड डी) लाई तीव्र गतिमा विस्तार गरिरहेको छ । सन् २०२० मा चीनको शिजिआन-२० स्याटलाइटले जियोस्टेसनरी अर्बिटबाट १० जीबीपीएसको लेजर डाउनलिंकको रेकर्ड हासिल गरेको थियो । यद्यपि, उक्त स्याटेलाइटमा प्रयोग गरिएको शक्तिको स्तर भने अझै गोप्य राखिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ ११:१९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट