२०८२ असार १० मंगलवार
LATEST NEWS
२०८२ असार १० मंगलवार

पायल्स भएका व्यक्तिले के खानुपर्छ?

पायल्स, जसलाई हेमोराइड्स वा नेपालीमा ‘गाँठेविरा’ पनि भनिन्छ, मलद्वार र मलाशय वरिपरिका रगतका नलीहरू सुन्निने र गाठो पलाउने अवस्था हो। यो अवस्था व्यक्तिलाई पीडा, चिलाउने, रगत आउने, तथा असहजता हुने बनाउँछ। सामान्यतया पायल्स रोग त्यस्तो रोग हो । मानिसहरूको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरूको समस्या विषय  भएको छ। लाजको  कारण धेरै मानिसहरूले पायल्स रोगको बारेमा खुलेर कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। पायल्स बिरामीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ। यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन।

पायल्सको लक्षणहरू
–   शौच गर्दा रगत आउनु
–    मलद्वार वरिपरि चिलाउने वा पोल्ने
–    दुख्ने, विशेष गरी बाह्य पायल्समा
–    गाँठो वा डल्लो देखिनु वा महसुस हुनु
–    मलद्वार वरिपरि सुन्निने

पायल्स भएकाले खानुपर्ने कुराहरु
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरूलाई निकै फाइदा पुर्याउँछ ।रेसादार खानाहरु धेरै खाने ।

पायल्सका बिरामीले के खाने, के नखाने?

खानेः
    हरियो सागपात, गाँजर, काँक्रो, मुला
    चोकरसहितको गहुँको पिठो, ब्राउन राइस
    मुग÷रहरको दाल, रेसादार खानेकुरा
    प्रशस्त पानी, नरिवल, बेल, अनार, करेला

नखानेः
    पिरो, अमिलो, चिल्लो मसलेदार खानेकुरा
    बासी खाना, रेडीमेड फास्ट फुड
    चिया, कफी, रक्सी, चुरोट
    मासको दाल, अदुवा, आलु, भन्टा

 पायल्सको कारणहरूः
लामो समयसम्म कब्ज हुने।
शौच गर्दा अत्यधिक दबाब दिनु।
लामो समयसम्म उभिएर वा बसेर काम गर्नु 
शरीरको तौल बढी हुनु।
वंशाणुगत परिवारमा पायल्सको इतिहास हुनु।

पायल्सबाट बच्ने उपायहरूः

फाइबरयुक्त खाना खाने
दिनभरि २.५–३ लिटर पानी पिउने
नियमित व्यायाम
कब्जियत हुन नदिने
शौच गर्न जाँदा अत्यधिक दबाब नदिने
तौल नियन्त्रणमा राख्ने
तनाव कम गर्ने

अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगन खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने। यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट