काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक सेवा प्रवाह सहज र प्रविधिमैत्री बनाउन सके नागरिकको राज्यप्रतिको विश्वास बढ्ने बताएका छन् । सोमबार हुलाक सञ्चारको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद तथा पूर्वमन्त्री समेत रहेका थापाले सेवा लिन सरकारी सेवा लिन लाइन बस्नुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिए ।

“अहिले आमनागरिकलाई सरकारसँग सबैभन्दा बढी झोक लाग्ने कुरा भनेको लाइन बस्नुपर्ने बाध्यता हो, उनले भने, “राज्यसँग जहाँ भेट भयो, त्यहीँ रिस उठ्छ । यस्तो अवस्था अन्त्य गर्न राज्यसँग भेट नै नहुने, या भए पनि अनावश्यक रूपमा फिजिकल्ली भेट हुन नपर्ने वातावरण बनाइनुपर्छ ।”
उनले प्रविधिको उच्चतम प्रयोग जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिहरूका लागि पनि प्रभावकारी हुने धारणा राखे ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ १४:५८

सामाग्री श्रोत :
टेक पाना