२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

नेपालको घाम पावर कम्पनीलाई अन्तर्राष्ट्रिय जलवायु पुरस्कार, पायो ७० लाख नगद

काठमाडौँ । जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रभावशाली समाधानलाई सम्मानस्वरूप प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार किलिङ कर्भ पुरस्कार २०२५ (Keeling Curve Prize 2025) मा नेपाली कम्पनी घाम पावर विजेता बनेको छ । ऊर्जाका क्षेत्रमा घाम पावर विश्वभरबाट छानिएका १० उत्कृष्ट परियोजनामध्ये एक बन्न सफल भएको हो  ।

यो पुरस्कार केन्याको नेरोबीमा आयोजित टीईडी काउन्टडाउन समिटमा घोषणा गरिएको हो । सो अवसरमा जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न अग्रपङ्तिमा रहेका विश्वभरका नवप्रवर्तनकर्ता र लिडरहरू भेला भएका थिए ।

पुरस्कारस्वरूप घाम पावरले ५० हजार अमेरिकी डलर (करिब ७० लाख रुपैयाँ) प्राप्त गरेको छ । यो रकम नेपालका दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रहरूमा स्वच्छ, भरपर्दो र सुलभ सौर्य ऊर्जाका परियोजना विस्तारमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

विश्वभरका २५ सयभन्दा बढी आवेदनमध्येबाट घाम पावर छानिनुको कारण यसको नवीन मोडेल हो । कम्पनीले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग एकीकृत गर्दै स्वच्छ ऊर्जा पहुँचलाई अझ व्यापक बनाउँदै आएको छ । कम्पनीले हालसम्म चार हजारभन्दा बढी सफल परियोजना सम्पन्न गरिसकेको जनाएको छ ।

सौर्य ऊर्जामार्फत घाम पावरले नेपालका ग्रामीण बस्तीहरूमा घर, व्यवसाय, कृषि प्रणाली, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । यसले नोक्सानदायी डिजेल जस्ता जीवाश्म इन्धनको विकल्पमा स्वच्छ ऊर्जालाई बढावा दिई कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ९, २०८२ १३:४९





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट