काठमाडौं- चिकित्सा शिक्षाको गुणस्तरमा सुधार गर्दै आवासीय चिकित्सक र प्राध्यापकहरूको न्यूनतम सुविधा सुनिश्चित गर्न राष्ट्रिय चिकित्सक संघ नेपालले देशभरका सबै मेडिकल कलेज तथा प्रतिष्ठानलाई लक्षित गरी ९ बुँदे अपिल जारी गरेको छ।
संघका अध्यक्ष डा. बिकाश गौचन र महासचिव डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित सार्वजनिक अपिलमा चिकित्सा शिक्षाको वर्तमान अवस्था गम्भीर चुनौतिपूर्ण भएको उल्लेख गर्दै, गुणस्तरीय चिकित्सा शिक्षा र सुरक्षित सेवा वातावरणका लागि सम्पूर्ण सरोकारवालाले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
संघले जारी गरेको ९ बुँदे अपिलमा निम्न मागहरू समेटिएको छ:
१. प्रत्येक कलेजले सम्पूर्ण विभागमा कम्तिमा एकजना प्राध्यापक, एकजना सह प्राध्यापक र दुईजना उपप्राध्यापक सुनिस्चित गरी तहगत सेवा सुविधा सुनिस्चित गरे पछि मात्र MD/MS कार्यक्रम संचालन गर्ने |
२. आफ्नो Faculties को क्षमता अभिवृद्धि गर्न अनुसन्धान र पेशागत विकासको अवसरहरु प्रदान गर्ने ।
३. आवासीय चिकित्सकहरुलाई आठौं मेडिकल अधिकृत तहको निर्बाह भत्ता मासिक रुपमा प्रदान गर्ने ।
४. आवासीय चिकित्सक र Faculties को र परिवारको स्वास्थ्य बिमाको व्यवस्था गरी कार्यान्वन गर्ने ।
५. आवासीय चिकित्सकहरूको लागि निश्चित कार्य समय तथा अनिवार्य बिदाको (Forced Leave ) व्यवस्था गर्ने।
६. आवासीय चिकित्सकहरूको लागि सहज परामर्श तथा Helpline को व्यवस्था गरी दिने |
७. आवासीय चिकित्सकहरूको लागि निशुल्क आवास र अनुसन्धान गर्न बजेटको व्यवस्था गर्ने ।
व्यवस्था गर्ने ।
८. मेडिकल कलेज र प्रतिष्ठान विशिष्ट सेवा क्षेत्र कायम गरी सम्पूर्ण चिकित्सकहरुलाई सुरक्षित रुपमा कार्य गर्ने व्यवस्था गर्ने। साथै मेडिकल कलेजका अस्पतालहरुमा हिंसा बिरुद्ध शुन्य सहनशीलताको नीति पूर्ण लागू गर्ने ।
९. आवासीय चिकित्सकहरूलाई अतिरिक्त शुल्कको नाममा थप शुल्क लिने व्यवस्था तत्काल हटाउने ।
सामाग्री श्रोत :
swasthyakhabar

