२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

बाल हेल्पलाइन १०९८ सञ्चालनका लागि आवेदन आह्वान

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले बाल हेल्पलाइन नम्बर १०९८ सञ्चालनका लागि इच्छुक सामाजिक तथा गैरसरकारी संस्थाहरूबाट आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै  परिषद्ले हाल सञ्चालनमा रहेका र नयाँ सञ्चालन अनुमति लिन चाहने दुवै किसिमका संस्थाहरूलाई आवेदन दिन आग्रह गरेको हो ।

बालबालिकाविरुद्धको हिंसाबाट पीडित तथा जोखिममा रहेका बालबालिकाको आकस्मिक उद्धार, राहत, मनोपरामर्श, अल्पकालीन तथा अस्थायी संरक्षण, पारिवारिक पुनर्स्थापना र सामाजिकीकरण जस्ता सेवाहरू प्रदान गर्न हेल्पलाइन सञ्चालनका लागि आवेदन माग गरिएको परिषद्ले जनाएको छ ।

‘बालबालिका सम्बन्धी नियमावली, २०७८’ र ‘बाल हेल्पलाइन सञ्चालन कार्यविधि, २०७६’ बमोजिम सेवालाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ ।

इच्छुक संस्थाहरूले सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिससहित तोकिएका कागजातहरू संलग्न गरी २०८२ असार मसान्तभित्र परिषद्को कार्यालय, श्रीमहल, ललितपुरमा आवेदन पेश गरिसक्नुपर्नेछ ।

आवेदन फाराम परिषद्को वेबसाइट यहाँ वा यहाँबाट डाउनलोड गर्न सकिनेछ ।

तोकिएको मापदण्ड पूरा गर्ने संस्थाहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ देखि सेवा सञ्चालनको अनुमति प्रदान गरी समन्वयात्मक सम्झौतामार्फत कार्यक्रम अघि बढाइने परिषद्ले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८२ ९:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट