२०८२ श्रावण २५ शनिबार
२०८२ श्रावण २५ शनिबार

विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?

विपद् कहिले आउँछ भनेर कसैले पूर्वानुमान गर्न सक्दैन। भूकम्प, आगलागी, महामारीजस्ता संकटहरू कुनै सूचना दिएर आउँदैनन्। तर जब यस्तो विपद् आउँछ, सबैको आशा अस्पतालतिरै हुन्छ — अस्पतालले बिरामीको ज्यान जोगाउने, चोटपटकको उपचार गर्ने, र डरमा रहेका मानिसलाई हिम्मत दिने आशा गरिन्छ।

तर प्रश्न उठ्छ — के हाम्रा अस्पतालहरू यस्तो संकट सामना गर्न तयार छन्?

धेरै अस्पतालहरूले भन्छन् – ‘हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ।’ तर त्यो योजना फाइलमा मात्र सीमित रहन्छ। अस्पतालमा ‘आपतकालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन।

२०७२ सालको भूकम्प समयमा धेरै अस्पतालहरूमा: बिजुली थिएन, अक्सिजन आपूर्ति रोकिएको थियो, मोबाइल/फोन सेवा चलेन, धेरै बिरामी एकैपटक आए, तर व्यवस्थापन गर्न गाह्रो भयो। यसबाट सिक्नुपर्ने कुरा के हो भने हामीले सतर्क हुनुपर्छ, नत्र संकटमा हाम्रो प्रणाली नै फेल हुन्छ।

तयारी हुनु भनेको केवल योजना बनाउनु होइन। साँचो तयारी भन्नाले यी कुराहरू बुझिन्छ:

१. आवश्यक सेवा सञ्चालनको ब्याकअप — बिजुली, पानी, अक्सिजन, इन्टरनेट – यी सेवा संकटमा पनि नरोकिनु पर्छ।

२. सबै कर्मचारी तालिमप्राप्त हुनुपर्छ — डाक्टर मात्र होइन – नर्स, वार्डब्वाइ, सुरक्षा गार्ड, सरसफाइ कर्मचारी – सबैलाई के गर्ने थाहा हुनुपर्छ।

३. धेरै बिरामीको व्यवस्थापन (Surge Capacity) — एकैपटक धेरै बिरामी आए भने कहाँ राख्ने? कसरी सेवा दिने?

४. सुरक्षित निस्कने बाटो- आइसीयु , एनआईसीयु, ओटीबाट कसरी बिरामीलाई निकाल्ने?

५. औषधि र सामग्रीको तयारी — पीपी, मास्क, औषधि, सलाइन आदि पर्याप्त मात्रामा भण्डारणमा हुनु पर्छ।
स-साना कुराले पनि ठूलो दुर्घटना गराउँछ। उदाहरण — अस्पतालमा झुण्डिएको पंखा, थाम नभएको अलमारी, वा सास फेर्न नसकिने कोठा। यस्ता कुराले विपद् बढाउन सक्छ।

अब के गर्नुपर्छ?

– वर्षमा कम्तिमा दुईपटक मोक ड्रिल गरौं
– आपतकालीन व्यवस्थापन समिति सक्रिय होस्
– स्थानीय प्रशासन, प्रहरी, दमकलसँग समन्वय गरौं
– अभ्यासपछि समीक्षा गरौं – के कमजोरी देखियो?
– स्टाफ मात्र नभई बिरामी र आगन्तुकलाई समेत सुरक्षा तालिम दिऊँ

विपद् आउँदा तयारी गर्न समय हुँदैन। त्यसैले अस्पतालले पहिले नै योजना, अभ्यास र सामर्थ्य बनाइसक्नुपर्छ। अस्पताल केवल उपचारको ठाउँ होइन — संकटमा समाजलाई सुरक्षा दिने केन्द्र पनि हो।
हामी सबैले आजैदेखि सोध्नुपर्छ — के हाम्रो अस्पताल साँच्चै विपद् सामना गर्न तयार छ?

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,  एमडी (अस्पताल प्रशासन)

 


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट